शोएब अख्तर र बाबर आजम संग एकै टिमबाट खेल्दै पारस खड्का, यस्तो छ खेलतालिका – Khoj Dainiki

शोएब अख्तर र बाबर आजम संग एकै टिमबाट खेल्दै पारस खड्का, यस्तो छ खेलतालिका

काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेण्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।

एसिया लायन्सले लेजेण्ड्स लिग क्रिकेटको लागि नेपालका पूर्वकप्तान पारसलाई अनुबन्धित गरेको जानकारी दिएको हो ।

पारसले गत वर्षनै लेजेण्ड्स लिग खेल्ने भनिए पनि उनले खेलेका थिएनन् । कतार र ओमानमा संयुक्त रूपमा आउँदो फेब्रुअरी २७ देखि मार्च ८ तारिखसम्म लेजेण्ड्स लिग क्रिकेटको तेस्रो संस्करण हुँदैछ ।

पारससँगै एसिया लायन्सले पाकिस्तानका बाबर आजम, शोएब अख्तर, मोहम्मद हफिज र श्रीलंकाका थिसरा परेरालाई आफ्नो टिममा अनुबन्धित गरेको छ । लेजेण्ड्स लिग क्रिकेटमा तीन टिमको सहभागिता रहने छ ।

जसमा वल्र्ड जायन्टस ,इन्डियन महाराज र एसिया लायन्स छन् । यस मेगा इभेन्टमा विश्वभरका चर्चित क्रिकेटरहरुको सहभागिता रहनेछ ।

कतारले विश्वकै उत्कृष्ट फिफा फाइनलको आयोजना गरेपछि कतार क्रिकेटले कतारका सबै क्रिकेट प्रशंसक र विश्वभरका फ्यानहरूका लागि समान वातावरण सिर्जना गर्ने प्रयास गर्नेछ। यस सिजनमा एशियन टाउन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ८ खेल हुनेछन् ।
यो पनि पढ्नुहोस : केपी ओली कप हुदै, ‘ए’ डिभिजनका शिर्ष क्लबले भाग लिने
अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशमा हुने विभिन्न नकआउट फुटबल प्रतियोगिताको मिति स्वीकृत गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ ।

फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने भनिएको यो प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको छ ।

युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेलहरु च्यासललगायतका मैदानमा सन्चालन गरिनेछ । फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना अध्यक्ष पौडेलले सुनाए । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

‘संगठनले यो प्रतियोगितालाई आफ्नो मुख्य कार्यक्रमका रुपमा स्थापित गर्ने प्रयास गरेको छ,’ अध्यक्ष पौडेलले भने, ‘हाम्रो संगठनको संस्थापक र भएका नेताहरुमा खेलकुदप्रति चासो र रुची राख्ने भएकाले पार्टी अध्यक्षकै नाममा प्रतियोगिता गर्न लागेका हौं ।’

मिति अनुसार राजर्षि जनक गोल्डकप र मेयर कप फुटबल प्रतियोगिता सर्लाही र महोत्तरी जिल्लामा क्रमशः माघ २६ र फागुन ६ गतेसम्म हुने भएको छ।

भने प्रतियोगिता मकवानपुरमा माग २९ देखि फागुन ९ गतेसम्म मकवानपुर गोल्डकप हुनेछ । भद्रपुर गोल्डकप झापाको भद्रपुरमा हुनेछ भने तिलोत्तमा गोल्डकप रुपन्देहीमा फागुन ६ देखि १६ गतेसम्म हुनेछ ।

सुनसरीमा बुढासुब्बा गोल्डकप फागुन १३ देखि चैत ४ देखि १४ गतेसम्म इलाममा माईभ्याली गोल्डकप र चैत ४ देखि चैत १४ गतेसम्म इटहरीमा हुने इटहरी गोल्डकप स्वीकृत भएको छ ।

मोरङमा हुने विराट गोल्डकप र बारामा सिमरा गोल्डकपको फाइनल नकआउट प्रतियोगिता चैत ९ देखि अप्रिल १८ सम्म हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दिपको लागि आईसीसीबाट आयो ठुलो खुशीको खबर!

Wed Jan 25 , 2023
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोकावट नगर्ने भएको छ । आइसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए । ‘आईसीसीले नेपालको कानूनअनुसार खेलाउन मिल्ने भए केही बाधा छैन भनेको […]

You May Like

error: