मुख्य प्रशिक्षक भित्र्याउने यस्तो छ एन्फाको तयारी !

काठमाडौं ।

नेपालको शिर्ष डिभिजनको लिग ए डिभिजन लिग सुरु हुनु अघि नै राष्ट्रिय टोलीको प्रशिक्षक टुङ्गो लगाउने नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।

एन्फाका महासचिव किरण राईले प्रशिक्षकको विषय जतिसक्दो छिटो टुङ्गो लगाउने प्रक्रियामा रहेको बताए । उनले भने, ‘ए डिभिजन लिग अगाडि नै हामी राष्ट्रिय टिमको स्थायी प्रशिक्षक ल्याउने तयारीमा रहेका छौं ।’

उनले कुन देशबाट प्रशिक्षक भित्र्याउने भन्नेबारे नभने पनि उत्कृष्ट प्रशिक्षक भित्र्याउने तयारी भइरहेको बताए । कुवेती मुलका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत साउनमा राजीनामा दिएपश्चात नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक खाली छ ।

त्यसयता एन्फाले घरेलु प्रशिक्षकलाई टिमको जिम्मा दिँदै बिच बिचमा भएका मैत्रीपूर्ण खेलमा नेपालको सहभागी गराइरहेको छ । महासचिव राईले छनोट कार्य एन्फाले पूरा गर्ने भए पनि प्रशिक्षकको पारिश्रमिकका लागि नेपाल सरकार तथा अन्य मैत्रीसंस्थाहरुसँग छलफल भइरहेको बताएका छन् ।

पछिल्लो समय कतार फुटबल संघको सहकार्यमा आएका अब्दुल्लाह अलमुतारीको पारिश्रमिक कतार फुटबल संघले दिएको थियो । यसपटक पनि त्यस्तै सहयोगका लागि एन्फा सहयोगी संस्थाहरुसँग छलफलमा जुटेको हो ।

यो पनि : इण्डोनेसियामा रोहितले देखाए नेपाली पावर दिलाए टिमलाई सानदार जित

इण्डोनेसियाको शिर्ष लिगमा संघर्ष गरिरहेको रोहित चन्दको टोली पेर्सिक केडिरीले लिगमा लगातार दोस्रो जित हात पारेको छ । लिगको १९औं खेलमा तेस्रो जित हात पार्ने क्रममा पेर्सिकले मंगलबार मदुरा युनाइटेड माथि २–० को जित निकाल्यो ।

पेर्सिकका लागि पहिलो हाफको अतिरिक्त समयमा रेनान सिल्वाले पेनाल्टीबाट गोल गरे भने दोस्रो गोल रियात्नो अवियोसोले ७६औं मिनटमा गरेका थिए । पेर्सिकको यो लगातार दोस्रो जित हो । टोलीले यसअघि बिहीबार मात्र भयङ्गकारालाई ३–२ ले हराएको थियो ।

सो खेलमा रोहितले पनि क्लबका लागि डेब्यु गोल गरेका थिए ।यो जितसँगै १९ खेलबाट १६ अंक जोडेको पेर्सिक लिगतालिकाको १७औं स्थानमा उक्लिएको छ । यद्यपि रेलिगेशन क्षेत्र मै संघर्षरत भने छ ।

उता पेर्सिकसँग पराजित मदुरा युनाइटेड भने २० खेलबाट ३६ अंकका साथ दोस्रो स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल आउँदो सोमबार बोर्नियोसँग खेल्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

शोएब अख्तर र बाबर आजम संग एकै टिमबाट खेल्दै पारस खड्का, यस्तो छ खेलतालिका

Wed Jan 25 , 2023
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेण्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । एसिया लायन्सले लेजेण्ड्स लिग क्रिकेटको लागि नेपालका पूर्वकप्तान पारसलाई अनुबन्धित गरेको जानकारी दिएको हो । पारसले गत वर्षनै लेजेण्ड्स लिग खेल्ने भनिए पनि उनले खेलेका थिएनन् । कतार र ओमानमा संयुक्त रूपमा आउँदो फेब्रुअरी […]

You May Like

error: