काठमाडौं ।
इण्डोनेसियाको शिर्ष लिगमा संघर्ष गरिरहेको रोहित चन्दको टोली पेर्सिक केडिरीले लिगमा लगातार दोस्रो जित हात पारेको छ । लिगको १९औं खेलमा तेस्रो जित हात पार्ने क्रममा पेर्सिकले मंगलबार मदुरा युनाइटेड माथि २–० को जित निकाल्यो ।
पेर्सिकका लागि पहिलो हाफको अतिरिक्त समयमा रेनान सिल्वाले पेनाल्टीबाट गोल गरे भने दोस्रो गोल रियात्नो अवियोसोले ७६औं मिनटमा गरेका थिए । पेर्सिकको यो लगातार दोस्रो जित हो । टोलीले यसअघि बिहीबार मात्र भयङ्गकारालाई ३–२ ले हराएको थियो ।
सो खेलमा रोहितले पनि क्लबका लागि डेब्यु गोल गरेका थिए ।यो जितसँगै १९ खेलबाट १६ अंक जोडेको पेर्सिक लिगतालिकाको १७औं स्थानमा उक्लिएको छ । यद्यपि रेलिगेशन क्षेत्र मै संघर्षरत भने छ ।
उता पेर्सिकसँग पराजित मदुरा युनाइटेड भने २० खेलबाट ३६ अंकका साथ दोस्रो स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल आउँदो सोमबार बोर्नियोसँग खेल्नेछ ।
यो पनि : रोनाल्डोलाई बेन्चमा राखेर आलोचित बनेका सान्तोसले पाए मुख्य प्रशिक्षकको भूमिका
पोर्चुगलका पूर्व प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
पोल्याण्डले मंगलबार सान्तोसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको बारेमा जानकारी गराएको हो ।
नियुक्ति लगतै ६८ वर्षिय सान्तोषले अब उपरान्त आफू पोलिस भएको र नयाँ टोलिको जिम्मेवारी पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । तर मोरक्कोको हातमा विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि बाहिरियो।
पोलिश फुटबल महासंघका प्रमुख सेजारी कुलेजाले सान्तोसलाई उत्कृष्ट प्रशिक्षकको संज्ञा दिदै छनौट प्रक्रिया निकै गाह्रो भएको जिकिर गरे । उनले सान्तोसलाई जर्मनीमा सन् २०२४ मा हुने युरोपियन च्याम्पियनसिपमा पोल्याण्डलाई छनौट गराउने जिम्मेवारी दिएको बताए ।
सान्तोसको नेतृत्वमा पोर्चुगलले युरो २०१६ र २०१९ मा नेसन्स् लिग जितेको थियो । तर कतारमा गत महिना सम्पन्न भएको फिफा विश्वकप २०२२ मा मोरोक्कोसँग क्वार्टरफाईनल पराजित हुँदै पोर्चुगल बाहिरिएपछि उनले पद गुमाएका थिए ।
उनी विश्वकपको दौरान क्रिष्टियानो रोनाल्डोलाई बेन्चमा राखेर गलत निर्णय लिएको भन्दै निकै आलोचित समेत भएका थिए ।
सान्तोसले यसअघि २०१० देखि २०१४ सम्म ग्रीसलाई सम्हालेका थिए । उनको नेतृत्वमा ग्रिस युरोको क्वार्टरफाईनल र विश्वकपमा राउण्ड अफ १६ सम्म पुगेको थियो ।