उच्च पारिश्रमिकमा पुन ह्वाटमोर नै नेपालको मुख्य प्रशिक्षक बन्ने दाउमा!

काठमाण्डौ।

नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्ति आज वा भोलि गर्ने जनाएको छ।सार्वजनिक रुपमा सूचना प्रकाशन गरेर आवदेन मागगरेको क्यानले सर्टलिस्टमा रहेकाको अन्तर्वार्ता पनि लिइसकेको छ ।

क्यानको प्रमुख प्रशिक्षक छनोट समितिले तयारी अन्तिम चरणमा पुर्‍याएको भन्दै मुख्य प्रशिक्षक नियुक्त गर्ने जनाइएको छ । क्यानको आवेदन अनुसार निर्धारित समायमा २४ जनाले आवेदन दिएका थिए ।

अनलाईन आवेदन परेकबाट ५ जनालाई सर्टलिस्ट गरेर अन्तवार्ता लिइएको थियो । क्यान पदाधिकारीले अन्तर्वार्ता लिए पनि विभिन्न प्रक्रिया पूरा गर्न समय लागेको बताएका छन् । अहिले प्रशिक्षकका एजेन्टहरुसँग छलफल भइरहेको र पारिश्रमिक लगाएतका कुराहरु टुंगोमा पुग्ने तयारी गरिएको छ ।

क्यानले अन्तर्वार्ता लिएका पाँचजनामा अस्ट्रेलियाका देभ वाट्मोर, न्युजिल्यान्डका ग्लेन पोकनल, भारतका मोन्टी देशाई, दक्षिण अफ्रिकाका रुसेल डोमिंगो र श्रीलंकाका धम्मिका प्रसाद छन् ।

अष्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न पुन: आवेदन दिएका थिए ।नेपाल क्रिकेट संघ (क्यान) ले अघिल्लो साता नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला माग गरेको थियो ।

त्यसमा अघिल्लो वर्ष नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक छाडेर भारतीय रणजी ट्रफी बरोडा हेर्न गएका देव ह्वाटमोरले पनि आवेदन दिएका थिए।

दुई वर्षअघि ह्वाटमोरको प्रशिक्षकमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शनका साथ उपाधि जितेको थियो ।

उनको प्रशिक्षकमा सट छनोट, डट बलमा कमी, आक्रामक ब्याटिङ, कमजोर ब्याटिङ सुधार, टिम सन्तुलन र उच्च मनोबलले नेपाली क्रिकेटमा नयाँ आशाको दियो बलेको थियो । अर्कोतर्फ भद्रगोल ब्याटिङक्रम समस्या पनि सुधार देख्न सकिन्थ्यो ।

उनले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई अ‍ेडिआई सिरिज खेलेपछि गतवर्ष भदौंमा नेपाली क्रिकेट छाडेका थिए । ह्वाटमोरको प्रशिक्षकमा सन् १९९६ मा श्रीलंकाले विश्वकप उपाधि जितेको थियो । ह्वाटमोरले नेपालमा ८ महिना अवधिमा ब्याटिङमा कान्तिकारी परिवर्तन ल्याएका थिए । ब्याटिङमा उनले धेरै आशा देखाउँदै छाडेर गएका थिए ।

यस अघि ह्वाटमोरको एक महिना मासिक पारिश्रमिक नेपालमा १० हजार अमेरिका डलर रहेको थियो । नेपाल सरकारको नियम अनुसार उनको तलबको सबै गरेर ३५ प्रतिशत रकम कर काटिन्छ । क्यानका अनुसार खाना, बस्न, कर सबै कटाएर उनले मासिक ६ हजार ५ सय देखि ७ हजार सम्म तलब पाउँथे ।यदि पुन नेपालको मुख्य प्रशिक्षक बन्ने भए उनले यस भन्दा बढी पारिश्रमिक पाउने सम्भावना रहेको छ।

त्यसैले नेपालले चाँडै नै मुख्य प्रशिक्षकको नाम टुङ्गाउनेछ । नेपालले आइसिसी विश्वकप लिग २ मा अव १२ खेल खेल्न बाँकी छ । जसमा शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा १० खेल जित्नु पर्ने हुन्छ । तर पछिल्लो समय नेपालको ब्याटिङ भने सम्झन लायक छैन ।

सम्बाददाता

Leave a Reply

Next Post

इण्डोनेसियामा रोहितले देखाए नेपाली पावर दिलाए टिमलाई सानदार जित

Wed Jan 25 , 2023
काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा संघर्ष गरिरहेको रोहित चन्दको टोली पेर्सिक केडिरीले लिगमा लगातार दोस्रो जित हात पारेको छ । लिगको १९औं खेलमा तेस्रो जित हात पार्ने क्रममा पेर्सिकले मंगलबार मदुरा युनाइटेड माथि २–० को जित निकाल्यो । पेर्सिकका लागि पहिलो हाफको अतिरिक्त समयमा रेनान सिल्वाले पेनाल्टीबाट गोल गरे भने […]

You May Like

error: