रोनाल्डोलाई बेन्चमा राखेर आलोचित बनेका सान्तोसले पाए मुख्य प्रशिक्षकको भूमिका

काठमाडौँ ।

पोर्चुगलका पूर्व प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

पोल्याण्डले मंगलबार सान्तोसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको बारेमा जानकारी गराएको हो ।

नियुक्ति लगतै ६८ वर्षिय सान्तोषले अब उपरान्त आफू पोलिस भएको र नयाँ टोलिको जिम्मेवारी पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । तर मोरक्कोको हातमा विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि बाहिरियो।

पोलिश फुटबल महासंघका प्रमुख सेजारी कुलेजाले सान्तोसलाई उत्कृष्ट प्रशिक्षकको संज्ञा दिदै छनौट प्रक्रिया निकै गाह्रो भएको जिकिर गरे । उनले सान्तोसलाई जर्मनीमा सन् २०२४ मा हुने युरोपियन च्याम्पियनसिपमा पोल्याण्डलाई छनौट गराउने जिम्मेवारी दिएको बताए ।

सान्तोसको नेतृत्वमा पोर्चुगलले युरो २०१६ र २०१९ मा नेसन्स् लिग जितेको थियो । तर कतारमा गत महिना सम्पन्न भएको फिफा विश्वकप २०२२ मा मोरोक्कोसँग क्वार्टरफाईनल पराजित हुँदै पोर्चुगल बाहिरिएपछि उनले पद गुमाएका थिए ।

उनी विश्वकपको दौरान क्रिष्टियानो रोनाल्डोलाई बेन्चमा राखेर गलत निर्णय लिएको भन्दै निकै आलोचित समेत भएका थिए ।

सान्तोसले यसअघि २०१० देखि २०१४ सम्म ग्रीसलाई सम्हालेका थिए । उनको नेतृत्वमा ग्रिस युरोको क्वार्टरफाईनल र विश्वकपमा राउण्ड अफ १६ सम्म पुगेको थियो ।

यो पनि : अन्तिम मिनेटमा गोल गर्दै आई लिगमा अञ्जनको टिमले निकाल्यो रोमाञ्चक जित
नेपालका स्टार फरवार्ड अन्जन विष्ट अनुबन्धित मुम्बई केन्क्रे एफसीको नयाँ वर्षको पहिलो अंकको लागि प्रतिक्षाको अन्त्य सोमबार, जनवरी २३, २०२३ मा मुम्बईको कूपरेज स्टेडियममा दोस्रो स्थानको श्रीनिदी डेक्कन एफसीलाई २-१ ले पराजित गर्दै टुंगाएको छ।

७५ मिनेटसम्म डेडलक भएको खेलमा जब अवल मोहम्मदको ह्यान्डबलले मुम्बई केन्क्रेलाई पेनाल्टी दिलाए, जसलाई अमन गायकवाडले गोलमा रूपान्तरण गरे।

श्रीनिदी डेक्कनले केही मिनेटमा नै गोल बराबरी गरे। तर निर्धारित समयको अन्तिम मिनेटमा अहमद फैज खानले चतुरतापूर्वक हेडमार्फत गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए ।

श्रीनिदीको अन्यथा भरपर्दो सेन्टर-ब्याकले मुम्बई केन्क्रेलाई ७५ औं मिनेटमा डेडलक तोड्ने सुनौलो अवसर दियो। २२ वर्षीय अमन गायकवाडले सिजनको तेस्रो गोल गरे ।

तर, वैकल्पिक खेलाडी रामहलुन्चुङ्गा र लुइस ओगानाले डेक्कन वारियर्सलाई खेलमा फिर्ता ल्याए। मुम्बई केन्क्रे अहिले अंकतालिकाको ११औँ स्थानमा रहेको छ।

नेपालका स्टार फरवार्ड अन्जन विष्टले आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा चालू सिजनको अन्त्यसम्म अनुबन्ध गरेका छ । उनी आफ्नो नयाँ क्लबबाट खेल्न भारत गएका छन् ।

चर्च ब्वाइज युनाइटेडका लागि भर्खरै अनुबन्धित भएका अन्जन मार्चमा आइ-लिग सिजन सकिएपछि ए डिभिजन लिगका लागि नेपाल फर्किनेछन्।

सम्बाददाता

Leave a Reply

Next Post

उच्च पारिश्रमिकमा पुन ह्वाटमोर नै नेपालको मुख्य प्रशिक्षक बन्ने दाउमा!

Wed Jan 25 , 2023
काठमाण्डौ। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्ति आज वा भोलि गर्ने जनाएको छ।सार्वजनिक रुपमा सूचना प्रकाशन गरेर आवदेन मागगरेको क्यानले सर्टलिस्टमा रहेकाको अन्तर्वार्ता पनि लिइसकेको छ । क्यानको प्रमुख प्रशिक्षक छनोट समितिले तयारी अन्तिम चरणमा पुर्‍याएको भन्दै मुख्य प्रशिक्षक नियुक्त गर्ने जनाइएको छ । क्यानको आवेदन […]

You May Like

error: