२ खेलाडीको सतकमा न्युजिल्याण्ड बिरुद्द भारतको सानदार जीत, हासिल गर्यो ठुलो उपलब्धि

काठमाडौँ ।

इन्दौरमा खेलिएको एकदिवसीय शृंखला (भारत विरुद्ध न्युजिल्याण्ड) को तेस्रो खेलमा भारतीय टोली ९० रनले विजयी भएको छ । खेलमा कप्तान रोहित शर्मा र शुभमन गिल हिरो बने ।

दुवैले शतक प्रहार गर्दै पहिलो विकेटका लागि दोहोरो शतकको साझेदारी गरे जसका कारण किवी ब्याट्सम्यानले फर्कने मौका पाएनन् ।

यो जितसँगै भारतले न्युजिल्यान्डलाई एकदिवसीय सिरिजमा ३–० ले क्लिन स्वीप गरेको छ । योसँगै भारत आईसीसीको एकदिवसीय वरियतामा पनि पहिलो स्थानमा पुगेको छ ।

न्युजिल्याण्डका कप्तान लाथमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । यो निर्णय उनको टोलीका लागि निकै नराम्रो साबित भयो। सिरिजको पहिलो खेलमा दोहोरो शतक प्रहार गरेका शुभमन गिलले यो खेलमा ब्याटिङबाट फेरि आफ्नो बल देखाएका छन् ।

उनले ७८ बलको सामना गर्दै ११२ रनको इनिङ खेले। यस क्रममा उनको ब्याटबाट १३ चौका र ५ छक्का निस्केका थिए । कप्तान रोहित शर्माले पनि ८५ बलमा १०१ रनको इनिङ खेले ।

हिटम्यानले ९ चौका र ६ छक्का प्रहार गरे । अन्त्यमा हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङ गरे । उनले ३८ बलमा ५४ रनको इनिङ खेले।

न्यूजिल्याण्डका लागि ओपनिङ ब्याट्सम्यान डेभोन कोनवेले १०० बलको सामना गर्दै १३८ रनको इनिङ खेले। तर, अन्य ब्याट्सम्यानको सहयोग नहुँदा उनको टोलीले खेलमा हार बेहोरेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

रोनाल्डोलाई बेन्चमा राखेर आलोचित बनेका सान्तोसले पाए मुख्य प्रशिक्षकको भूमिका

Wed Jan 25 , 2023
काठमाडौँ । पोर्चुगलका पूर्व प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । पोल्याण्डले मंगलबार सान्तोसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको बारेमा जानकारी गराएको हो । नियुक्ति लगतै ६८ वर्षिय सान्तोषले अब उपरान्त आफू पोलिस भएको र नयाँ टोलिको जिम्मेवारी पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । तर मोरक्कोको […]

You May Like

error: