काठमाडौँ ।
इन्दौरको मैदानमा एकदिवसीयमा भारत विरुद्ध किवी बलरहरु पिटिएका छन् । इन्दौरको मैदान सानो छ र यसै कारणले यसमा रन पनि बनाइन्छ।
न्युजिल्यान्डले टस जितेर भारतीय टोलीलाई पहिले ब्याटिङको निम्तो दियो र भारतले त्यसको पूरा फाइदा उठाउँदै ४ सय रन नजिक पुगेको छ ।
इन्दौरको पिच पनि समतल थियो र त्यसैले यसमा धेरै रन बनेका थिए । भारतका लागि यो खेलमा दुई ब्याट्सम्यानले शतक प्रहार गरेका छन् । ओपनर शुभमन गिलले ७८ बलमा ११२ रनको इनिङ खेले ।
यस क्रममा उनको ब्याटबाट १३ चौका र पाँच छक्का निस्केका थिए । योसँगै कप्तान रोहित शर्माले पनि आफ्नो एकदिवसीय करियरको ३० औं शतक बनाए । हिटम्यानले पहिले ४१ बलमा अर्धशतक पूरा गरे र त्यसपछि ८३ बलमा आफ्नो ३० औं शतक पूरा गरे ।
रोहितले आफ्नो १०१ रनको इनिङ्समा ८५ बल खेले । यस क्रममा उनले ९ चौका र ६ छक्का पनि प्रहार गरे । उनी र शुभमन गिलबीच २१२ रनको ओपनिङ पार्टनरसिप थियो र त्यही कारणले टीम इन्डियाले यति धेरै रन बनाउन सफल भयो।
ज्याकब डफीको नाममा लज्जास्पद कीर्तिमान:
एकातिर जहाँ भारतीय ब्याट्सम्यानले रन बनाइरहेका थिए, अर्कोतिर न्युजिल्यान्डका धेरै बलर निकै महँगो साबित भएका थिए ।
डेरिल मिचेल, ब्लेयर टिकनर र माइकल ब्रेसवेल जस्ता बलर निकै महँगो साबित भए। त्यही क्रममा अर्का बलर ज्याकब डफीले आफ्नो स्पेलमा १०० रन दिए । उनले विकेट पनि लिए तर सय रन पनि दिए ।
ज्याकबले आफ्नो १० ओभरको स्पेलमा ३/१०० लिए। योसँगै उनी नचाहिनेको सूचीमा परेका छन् । अब उनी न्यूजिल्याण्डबाट एकदिवसीय इनिङ्समा सर्वाधिक रन दिने बलरको सूचीमा तेस्रो नम्बरमा आएका छन् ।
पहिलो नम्बरमा टिम साउथीले सन् २००९ मा भारतविरुद्ध १०५ रन दिएका थिए । दोस्रो नम्बरमा मार्टिन स्नेडेन छन् जसले सन् १९८३ मा इंग्ल्याण्डविरुद्ध १२ ओभरमा १०५ रन दिएका थिए । अब जेकब डफी यस मामिलामा तेस्रो स्थानमा आएका छन् ।