आदिलले ‘स्पट फिक्सिङ’ गरेको त्यो दुई ओभर

काठमाडौं ।

स्पट फिक्सिङको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलमले नेपाल टी-२० लिगमा दुई खेलका दुई वटा ओभरमा स्पट फिक्सिङ गरेको पत्ता लागेको छ ।

प्रहरी अनुसन्धानअनुसार प्रतियोगिताको खेल नम्बर ८ र खेल नम्बर १२ मा फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले फिक्सरसँगको सहमति कार्यान्वयन गरेका थिए ।

पुस १२ गते काठमाडौं नाइट्सविरुद्धको खेलमा आदिलको एउटा नो बल त्रिवि मैदानमा पुगेर प्रत्यक्ष हेर्नेहरुका लागि पनि अस्वभाविक थियो । उनले ११.१ ओभरमा नो बल फालेका थिए । त्यस लगत्तै अर्को बल वाइड फालेका थिए ।

सो खेलमा आदिलले ४ ओभर बलिङ गरी ३८ रन खर्चेर १ विकेट लिएका थिए । जहाँ दुई वाइड र एक नो बल सामेल थियो । पुस १४ गते जनकपुरको खेल फारवेष्ट युनाइटेडविरुद्ध थियो । सो खेलमा आदिलले एक ओभरमात्र बलिङ गर्न पाए ।

पावर प्लेको अन्तिम ओभरको पहिलो बल उनले नो बल फाले । लगत्तै वाइड बल पनि फाले । यो ओभरमा उनले त्यही गरेका थिए, जुन दुई दिनअघि काठमाडौं नाइट्सविरुद्धको खेलमा १२औं ओभरमा गरेका थिए ।

बयानमा आदिलले आफूलाई कसले फिक्सिङको प्रस्ताव गरेको र कति रुपैयाँको सहमति भएको भन्नेबारे केही नखुलाएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले सोमबार गृहनगर सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

म्याच फिक्सिंगमा संलग्नको कस्तो छ सजाय व्यवस्था?

Tue Jan 24 , 2023
काठमाडौँ । भर्खरै सम्पन्न नेपाल टी २० लिगमा पूर्वक्रिकेटर महबुब आलमले खेलाडीलाई फिक्सिङको प्रस्ताव गरेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले मंगलबार पत्रकार सम्मेलन गर्दै महबुबले २ खेलाडीलाई प्रस्ताव गरेको बताएको हो। म्याच–स्पट फिक्सिङको प्रस्ताव आएपछि खेलाडीले एन्टी करप्सन युनिटमा रिपोर्ट गर्नुपर्नेमा आदिल अन्सारीले त्यस्तो नगरी स्पट फिक्सिङ गरेको […]
Photo credit: Hamrokhelkud.com

You May Like

error: