अन्तिम मिनेटमा गोल गर्दै आई लिगमा अञ्जनको टिमले निकाल्यो रोमाञ्चक जित

काठमाडौँ।

नेपालका स्टार फरवार्ड अन्जन विष्ट अनुबन्धित मुम्बई केन्क्रे एफसीको नयाँ वर्षको पहिलो अंकको लागि प्रतिक्षाको अन्त्य सोमबार, जनवरी २३, २०२३ मा मुम्बईको कूपरेज स्टेडियममा दोस्रो स्थानको श्रीनिदी डेक्कन एफसीलाई २-१ ले पराजित गर्दै टुंगाएको छ।

७५ मिनेटसम्म डेडलक भएको खेलमा जब अवल मोहम्मदको ह्यान्डबलले मुम्बई केन्क्रेलाई पेनाल्टी दिलाए, जसलाई अमन गायकवाडले गोलमा रूपान्तरण गरे।

श्रीनिदी डेक्कनले केही मिनेटमा नै गोल बराबरी गरे। तर निर्धारित समयको अन्तिम मिनेटमा अहमद फैज खानले चतुरतापूर्वक हेडमार्फत गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए ।

श्रीनिदीको अन्यथा भरपर्दो सेन्टर-ब्याकले मुम्बई केन्क्रेलाई ७५ औं मिनेटमा डेडलक तोड्ने सुनौलो अवसर दियो। २२ वर्षीय अमन गायकवाडले सिजनको तेस्रो गोल गरे ।

तर, वैकल्पिक खेलाडी रामहलुन्चुङ्गा र लुइस ओगानाले डेक्कन वारियर्सलाई खेलमा फिर्ता ल्याए। मुम्बई केन्क्रे अहिले अंकतालिकाको ११औँ स्थानमा रहेको छ।

नेपालका स्टार फरवार्ड अन्जन विष्टले आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा चालू सिजनको अन्त्यसम्म अनुबन्ध गरेका छ । उनी आफ्नो नयाँ क्लबबाट खेल्न भारत गएका छन् ।

चर्च ब्वाइज युनाइटेडका लागि भर्खरै अनुबन्धित भएका अन्जन मार्चमा आइ-लिग सिजन सकिएपछि ए डिभिजन लिगका लागि नेपाल फर्किनेछन्।

यो पनि : आफ्नो पहिलो कप्तानीमा एमबाप्पेले गोलको वर्षा गर्दा पिएसजीको सानदार जीत

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।सोमबार राति छैटौं श्रेणीको पाएस डी कासेललाई ७-० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे ।उनले खेलको २९ औं,३४ औं,४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

त्यसपछि एमबाप्पेले ५६ औं र ७९ औं मिनेटमा थप दुई गोल गरेका थिए ।यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् ।

एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।यस्तै पीएसजीको जितमा नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।

यता इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फुलहमलाई हराएको छ ।सोमबार राति भएको खेलमा टोटेनहमले फुलहमलाई १-० गोल अन्तरले हराएको हो ।

टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।केनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।टोटेनहमका लागि केनको यो २६६ औं गोल हो ।

केनले टोटेनहमका लागि सर्वाधिक गोल गर्ने जिम्मी ग्रेभ्सको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।जितसँगै टोटेनहमले २१ खेलमा ३६ अंक जोडेको छ ।टोटेनहम पाँचौं स्थानमा रहेको छ ।फुलहम ३१ अंक जोडे सातौं स्थानमा रहेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

‘फिक्सिङ’ प्रकरणमा तानिए अर्का क्रिकेटर अर्जुन साउद

Tue Jan 24 , 2023
काठमाडौं । ‘स्पट फिक्सिङ’ प्रकरणमा अर्को क्रिकेटर अर्जुन साउद तानिएका छन् । नेपाल ट्वान्टी–२० लिगअन्तर्गतका खेलमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा यसअघि दुई क्रिकेटर पक्राउ परिसकेका छन् । अहिले स्पट फिक्सिङमा नाम जोडिएका १९ वर्षीय साउद राष्ट्रिय टोलीका सदस्य समेत हुन् । उनले पछिल्लो समय राष्ट्रिय टोलीबाट ओपनिङ गर्दै आएका […]

You May Like

error: