क्रिकेटमा अनौठो कीर्तिमान : स्टिभ स्मिथले एक बलमा बनाए १६ रन

काठमाडौं।

अस्ट्रेलियामा जारी बिग ब्यास प्रतियोगितामा एउटा अनौठो कीर्तिमान बनेको छ। सिड्नी सिक्सर्सबाट खेलिरहेका स्टिभ स्मिथले एक बलमा १६ रन बनाएका छन्।

यो स्कोर धेरैलाई पत्यार नलाग्न सक्छ। होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो। होबार्ट हरिकेन्सका जोएल पेरिसको बलमा स्मिथले यो कीर्तिमान बनाएका हुन्।

पेरिस खेलको दोस्रो ओभर बलिङ गर्न आएका थिए। क्रिजमा स्टिभ स्मिथ थिए। उनले पहिलो दुई बलमा कुनै रन बनाउन सकेनन्। जोएल पेरिसको तेस्रो बलमा स्मिथले छक्का प्रहार गरे।

बलिङ गर्दै गर्दा पेरिसको खुट्टा क्रिजबाट बाहिर रहेको अम्पायरले देखे र नो–बल दिए। अर्थात् गणना हुन बाँकी रहेको बलमै स्मिथले सात रन जोडे। पेरिसले अर्को बलमा स्मिथले फ्री हिट पाएका थिए।

पेरिसले यस पटक वाइड बलिङ गरे। त्यो बल विकेटकिपरले समात्न सकेनन् र बल बाउन्ड्री पार पुगेर पाँच रन बन्यो। तर दोस्रो पटक पनि बल गणना भएन।

यस बेलासम्म गणना हुन बाँकी रहेको बलमै स्मिथले १२ रन बनाइसकेका थिए। उनले पाएको फ्री हिट बाँकी नै थियो र त्यो बलमा स्मिथले चौका प्रहार गरे।अर्थात्, स्मिथले वैध बलमा १६ रन बनाए।

यस खेलमा स्मिथले ३३ बलमा चार चौका र छ छक्काको मद्दतमा ६६ रन बनाए र उनको टोलीले निर्धारित २० ओभरमा १८० रन बनायो। यो स्कोर पछ्याउँदै ब्याटिङ गरेको होबार्ट हरिकेन्स १५६ रनमा सीमित भयो।

यो पनि : एसिया छनोटको खेल तालिका सार्वजनिक, यी बलियो टोलीको सामना गर्दै छ नेपाल
नेपाल सहभागी रहने आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसियाली छनोटको खेलतालिका सार्वजनिक भएको छ । फागुन १२ देखि १८ सम्म यूएईमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता छ ।

यू-१९ विश्वकप एसिया छनोट डिभिजन टूबाट छनोट भएका हङकङ र सिंगापुर तथा डिभिजन वानमा रहेका नेपाल, युएई, मलेसिया र कुवेतबीच प्रतियोगिता एसियाली छनोट हुन लागेको हो ।

यो प्रतियोगिताको विजेता टिमले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ एकदिवशीय विश्वकपमा सहभागिता जनाउनेछ । प्रतियोगितामा नेपालले पहिलो खेल फागुन १२ मा सिंगापुरसँग खेल्नेछ ।

त्यसको भोलिपल्ट कुवेत, फागुन १५ गते हङकङ, १६ गते मलेसिया र १७ गते घरेलु टोली युएईसँग खेल्नेछ । यू-१९ विश्वकप एसिया छनोटका लागि आइतबार नेपाल क्रिकेट संघ क्यानले नेपाली टिम सार्वजनिक गरेको थियो । प्रतियोगिताका लागि नेपाली टिम त्रिवि मैदानमा अभ्यासरत छ ।

सम्बाददाता

Leave a Reply

Next Post

अन्तिम मिनेटमा गोल गर्दै आई लिगमा अञ्जनको टिमले निकाल्यो रोमाञ्चक जित

Tue Jan 24 , 2023
काठमाडौँ। नेपालका स्टार फरवार्ड अन्जन विष्ट अनुबन्धित मुम्बई केन्क्रे एफसीको नयाँ वर्षको पहिलो अंकको लागि प्रतिक्षाको अन्त्य सोमबार, जनवरी २३, २०२३ मा मुम्बईको कूपरेज स्टेडियममा दोस्रो स्थानको श्रीनिदी डेक्कन एफसीलाई २-१ ले पराजित गर्दै टुंगाएको छ। ७५ मिनेटसम्म डेडलक भएको खेलमा जब अवल मोहम्मदको ह्यान्डबलले मुम्बई केन्क्रेलाई पेनाल्टी दिलाए, जसलाई […]

You May Like

error: