काठमाडौँ ।
वुल्भ्स र लिभरपुलको खेलका क्रममा यस्तो घटना घट्यो जसले खेलको थप हेडलाइन बनेको थियो।
वास्तवमा जब यो दुई टोलीबीच खेल भइरहेको थियो, तब स्टेडियमको फ्लडलाइट बन्द भयो, त्यसपछि खेलाडीका साथै कमेन्टेटर पनि छक्क परेका थिए।
यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । केही समयपछि फेरि बत्ती आए पनि यो घटनाले मैदानमा उपस्थित खेलाडी, रंगशालामा बसेका फ्यान र कमेन्टेटरहरू स्तब्ध भए ।
वास्तवमा, यो यस्तो भयो कि खेलको क्रममा, वुल्भ्सको टोलीका साथी अदामा ट्राओरेले आफ्नो दाहिने भागबाट क्रस दिन लागेका थिए जब बत्ती निभ्यो, जब लाइट आयो ट्राओरे भुइँमा सुतेर हासीरहेका थिए।
यो भिडियोमा फ्यानहरुले पनि निकै प्रतिक्रिया दिइरहेका छन् । यो घटनामा टिप्पणीकारहरू पनि अचम्ममा परेका छन् र यस क्षेत्रमा पहिले पनि विद्युत् काटिएको थियो, त्यसैले यहाँ पनि बत्ती निभिएको सुनिएको छ ।
भिडियो:
यो पनि : वर्ल्डकपमा भारतीय टोलीले ७.२ ओभरमै निकाल्यो सानदार जित
दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा हिजो दुई सुपर सिक्स खेल भएका छन् ।
समूह १ मा भारतीय टोलीले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ भने रुवाण्डाको टोलीले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गर्दै ठूलो झट्का दिएको छ ।
हिजो अष्ट्रेलियासँगको हारले भारतीय टोली अचम्ममा परेको थियो तर आज भारतीय टोलीले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको छ । भारतविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९/५९ रन मात्र बनाएको थियो।
जसको जवाफमा भारतले ७.२ ओभरमा तीन विकेट गुमाएर एकतर्फी जित हासिल गरेको थियो। भारतका लागि पार्श्वी चोपडाले ४ ओभरमा ५ रन दिएर ४ विकेट लिएर खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।
रुवाण्डाविरुद्ध पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको टोली १६.३ ओभरमा मात्र ७० रन बनाएर अलआउट भएको थियो । जवाफमा रुवाण्डाले १८.२ ओभरमा ६ विकेट गुमाएर ४ विकेटले जित हात पारेको हो ।
रुवाण्डाका सिल्भिया उसाबिमाना र मेरी तुमकुन्देले सर्वाधिक ४–४ विकेट लिए । ३१ रनको अविजित इनिङ्सका लागि गिसेल इसिम्वे प्लेयर अफ द म्याच घोषित भइन् ।