वर्ल्डकपमा भारतीय टोलीले ७.२ ओभरमै निकाल्यो सानदार जित

काठमाडौँ

दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा हिजो दुई सुपर सिक्स खेल भएका छन् ।

समूह १ मा भारतीय टोलीले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ भने रुवाण्डाको टोलीले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गर्दै ठूलो झट्का दिएको छ ।

हिजो अष्ट्रेलियासँगको हारले भारतीय टोली अचम्ममा परेको थियो तर आज भारतीय टोलीले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको छ । भारतविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९/५९ रन मात्र बनाएको थियो।

जसको जवाफमा भारतले ७.२ ओभरमा तीन विकेट गुमाएर एकतर्फी जित हासिल गरेको थियो। भारतका लागि पार्श्वी चोपडाले ४ ओभरमा ५ रन दिएर ४ विकेट लिएर खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।

रुवाण्डाविरुद्ध पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको टोली १६.३ ओभरमा मात्र ७० रन बनाएर अलआउट भएको थियो । जवाफमा रुवाण्डाले १८.२ ओभरमा ६ विकेट गुमाएर ४ विकेटले जित हात पारेको हो ।

रुवाण्डाका सिल्भिया उसाबिमाना र मेरी तुमकुन्देले सर्वाधिक ४–४ विकेट लिए । ३१ रनको अविजित इनिङ्सका लागि गिसेल इसिम्वे प्लेयर अफ द म्याच घोषित भइन् ।

महिला यू–१९ टी–२० विश्वकपमा जनवरी २३ मा सुपर सिक्सको समूह १ मा अष्ट्रेलियाले युएईसँग र समूह २ मा पाकिस्तानले आयरल्यान्डसँग खेल्नेछ ।

उल्लेखनीय कुरा के छ भने समूह १ बाट श्रीलंका र सुपर सिक्सको समूह २ बाट वेस्ट इन्डिज, रुवाण्डा र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिर छन् ।

सुपर सिक्समा आयोजक दक्षिण अफ्रिकाले श्रीलंकासँग र न्युजिल्याण्डले जनवरी २४ मा पाकिस्तानको सामना गर्नेछ। सुपर सिक्सको अन्तिम दिन जनवरी २५ मा इङ्ल्यान्डले वेस्ट इन्डिज र युएईले बंगलादेशको सामना गर्नेछ। प्रतियोगिताको सेमिफाइनल खेल २७ जनवरीमा हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

रोहित शर्मालाई अचानक अँगालो हाल्न मैदानमा पुगे फ्यान, रायपुरमा मच्चियो हंगामा

Mon Jan 23 , 2023
काठमाडौँ । भारत र न्यूजिल्याण्ड बिचको सिरिजको दोस्रो एकदिवसीय (IND vs NZ 2nd ODI) रायपुरमा खेलिएको छ । यो खेल भारतले ८ विकेटले जितेको थियो । यद्यपि मैदानमा रहेको एउटा बच्चाले सिधै टीम इन्डियाका कप्तान रोहित शर्माको नजिक पुगेपछि खेल केही समयका लागि रोकिएको थियो । रोहितसँग सम्बन्धित यो भिडियो […]

You May Like

error: