यु १९ टिम विरुद्ध ज्ञानेन्द्र मल्लले गरे चौकाको वर्षा,बनाए अर्धसतक

काठमाण्डौ।

नेपाली राष्ट्रिय क्रिकेट टिम र नेपाली राष्ट्रिय यु १९ टिमबीच आज टियु क्रिकेट मैदानमा अभ्यास म्याच चलिरहेको छ। आइसिसी यू-१९ विश्वकप छनोटमा रहेको छ भने नेपाली राष्ट्रिय क्रिकेट टिम भने विश्व कप लिग २ को सिरिजको लागि तयारीमा रहेको छ।

यी दुवै टिम बीच आज टियु क्रिकेट मैदानमा अभ्यास म्याच भएको छन्।नेपाली युवा यु १९ टिम सम्मु सीनियर टिमले खराब ब्याटिङ गरेको छ। भने यु १९ टिम बलिङमा राम्रो प्रदर्शन गरेको छ।यु १९ टिमलाई सीनियर टिमले ५० ओभरमा मात्र २२९ रनमा अल आउट भएको छ।

नेपालको युवा यु १९ टिमले ३०० बलमा जितको लागि २३० रनको लक्ष्य पाएको छ।यस क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ६८ बलमा ६० रन बनाएका छन्।उनले ६ चौका र १ छक्का प्रहार गरेका छन्।

नेपालको यु १९ टिममा सिनियर टोलीका दुई खेलाडी देव खनाल र गुलशन झा टोलीमा हुँदा यू-१९ रहेका छन्।विक्रम केसी,देव खनाल,अर्जुन साउदी ,अर्जुन कुमाल रहेका छन्।अर्को महिना युएईमा हुने आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली यू१९ टोलीको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन।

नेपालले अन्तिम पटक २०१६ मा यू-१९ विश्वकप खेलेको थियो । राजु रिजालको कप्तानी र जगत टमाटाको मुख्य प्रशिक्षकमा उक्त विश्वकप खेलेको थियो । २०१७ को यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल अफगानिस्तानसँग पराजित भएपछि २०१८ को यू-१९ विश्वकप खेल्न पाएन ।

२०१९ मा मलेसियामा भएको यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल वर्षाले प्रभावित खेलमा युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित भएपछि २०२० को विश्वकप खेल्नबाट चुकेको थियो ।

नेपालले फेब्रुअरीमा युएईमा गएर एसिया डिभिजन १ खेल्नेछ । डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

मोन्टी देशाई नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त,यस्तो छ उनको विगत!

Sun Jan 22 , 2023
काठमाडौं। भारतीय प्रशिक्षक मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । क्यानले औपचारिक रुपमा घोषणा गरेको छैन । तर, देशाईलाई छनोट गरिएको क्यान स्रोतले जानकारी दिएको छ।क्यानले मुख्य […]

You May Like

error: