वर्ल्ड कपमा भारतीय टोली ८७ रनमा अलआउट,सुपर सिक्समा स्तब्ध हार

काठमाडौँ।

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा हिजोदेखि सुपर सिक्सका खेल सुरु भएका छन् । समूह १ मा अष्ट्रेलियाले भारतलाई ७ विकेटले र आयोजक दक्षिण अफ्रिकाले बंगलादेशलाई ५ विकेटले हराएको छ ।

समूह २ मा इङ्ल्यान्डले आयरल्याण्डलाई १२१ रनले र न्युजिल्यान्डले रुवाण्डालाई ४ विकेटले हराएको छ ।

टस हारेर ब्याटिङ गरेको भारतीय टोलीले १८.५ ओभरमा ८७ रन मात्रै अल आउट भएको थियो, जसको जवाफमा अस्ट्रेलियाले १३.५ ओभरमा तीन विकेट गुमाएर जित हात पारेको थियो ।

अष्ट्रेलियाकी सिएना जिङ्गरले १३ रनमा तीन विकेट लिईन तर सुरुमा १२ रनमा दुई महत्वपूर्ण विकेट लिने मिली इलिङ्वर्थ खेलको प्लेयर अफ द म्याच घोषित भइन ।

टस जितेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो, जसको जवाफमा दक्षिण अफ्रिकाले १८.५ ओभरमा ५ विकेट गुमाएर जित हासिल गरेको थियो।

दक्षिण अफ्रिकाकी काइला रेनेकले सर्वाधिक ४ विकेट लिइन् तर ३७ रनको महत्वपूर्ण इनिङ्स खेल्ने म्याडिसन ल्यान्ड्सम्यानलाई प्लेयर अफ द म्याच घोषित गरियो।

पहिले खेलेको इङ्ल्यान्डले २० ओभरमा २ सय ७ रन बनाएको थियो, जसको जवाफमा आयरल्यान्डको टोली १६.५ ओभरमा ८६ रन बनाएर अलआउट भयो। हन्ना बेकरले ९ रन दिएर सर्वाधिक ३ विकेट लिइन् ।

५६ बलमा ९३ रन बनाएर एक विकेट लिएकी ग्रेस स्क्रिभेन्सलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो । रुवाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो जसको जवाफमा न्युजिल्यान्डले १६.१ ओभरमा ६ विकेट गुमाएर जित हात पारेको थियो ।

एम्मा म्याक्लियोडले ३९ बलमा ५९ रन बनाएकी खेलकी प्लेयर अफ द म्याच घोषित भइन् । महिला यू–१९ टी–२० विश्वकपमा भारतले समूह १ मा श्रीलंकासँग र २२ जनवरीमा सुपर सिक्सको समूह २ मा वेस्ट इन्डिजले रुवाण्डासँग खेल्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

राष्ट्रिय टिमले दियो यु १९ टिमलाई सामान्य लक्ष्य, सिनियर टिमको खराब ब्याटिङ!

Sun Jan 22 , 2023
काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टिम र नेपाली राष्ट्रिय यु १९ टिमबीच आज टियु क्रिकेट मैदानमा अभ्यास म्याच चलिरहेको छ। आइसिसी यू-१९ विश्वकप छनोटमा रहेको छ भने नेपाली राष्ट्रिय क्रिकेट टिम भने विश्व कप लिग २ को सिरिजको लागि तयारीमा रहेको छ। यी दुवै टिम बीच आज टियु क्रिकेट मैदानमा अभ्यास […]

You May Like

error: