काठमाडौँ ।
आयरल्यान्डले हरारेमा भएको दोस्रो एकदिवसीय (ZIM vs IRE) मा जिम्बाब्वेलाई ४६ रनले पराजित गर्दै तीन खेलको शृङ्खला १-१ को बराबरी गरेको छ।
आयरल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९४ रन बनाएको थियो, जवाफमा जिम्बाब्वे ४७.३ ओभरमा २४८ रनमा अलआउट भयो।
जिम्बाब्वेको अन्तिम ६ विकेट ४१ रनमै खसेको थियो । जोशुआ लिटल ४/३८ अंक बनाएर खेलको प्लेयर अफ द म्याच घोषित भए । टस हारेर ब्याटिङ रोजेको आयरल्याण्डले राम्रो सुरुवात गरेको थियो र कप्तान पाउल स्टर्लिङ (४५)ले स्टेफन डोहेनीसँग मिलेर पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए।
त्यसपछि दोहेनीले तेस्रो विकेटका लागि ह्यारी टेक्टरसँग ५७ रन जोडे र १११ बलमा ८४ रनको उत्कृष्ट पारी खेले। ह्यारी टेक्टरले ६१ बलमा ७५ रनको उत्कृष्ट इनिङ खेले भने जर्ज डकरेलले १९ बलमा ३० रनको द्रुत इनिङ खेल्दै टोलीलाई २९० रनमा पुर्याए ।
लक्ष्यको जवाफमा जिम्बाब्वेलाई सुरुमै पहिलो झटका लागेको थियो भने टि मुरुमनी खाता खोल्नै नखोली आउट भएका थिए । त्यसपछि इनोसेन्ट काइया (५१) ले चामु चिभाभा (४०)सँग दोस्रो विकेटका लागि ९० रन जोडे भने ग्यारी ब्यालेन्सले पनि ५२ रनको अर्धशतक जोडे।
रायन बर्लले ३९ बलमा ४१ रन बनाए र एक समयमा जिम्बावे जितको बाटोमा थियो । तर, ४० औं ओभरमा बर्ल २०७ रनमा आउट भएपछि आयोजकको इनिङ्स खस्कियो र टोलीले २५० रनको अंक पनि छुन सकेन ।
आयरल्यान्डका लागि जोसुवा लिटलका अलावा मार्क एडेयर र ग्राहम ह्युमले २–२ विकेट लिए । दुई टोलीबीचको तेस्रो र निर्णायक एकदिवसीय खेल जनवरी २३ मा हरारेमा हुनेछ । यसअघिको टी–२० सिरिजमा जिम्बाब्वेले आयरल्याण्डलाई २–१ ले हराएको थियो ।