काठमाडौँ ।
दक्षिण अफ्रिका टी–२० लिग (एसए२०) अन्तर्गत शनिबार कुल दुई खेल खेलिएका छन् । पहिलो खेलमा एमआई केप टाउनले पार्ल रोयल्सलाई १३ रनले पराजित गरेको छ ।
दोस्रो खेलमा जोबर्ग सुपर किंग्सले सनराइजर्स इस्टर्न केपलाई ५ विकेटले पराजित गरेको छ । जोस बटलरले तीव्र पारी खेले पनि आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् ।
पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एमआई केप टाउनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको थियो । टोलीले एक चरणमा ९ रनमा मात्रै ३ विकेट गुमाएको थियो ।
तर, त्यसपछि रोइलेफसेन र रिस भान डेर डुसेनले उत्कृष्ट साझेदारी गर्दै इनिङ्सलाई कब्जामा लिएका थिए । रोलेफसेनले ३० बलमा ३४ र रसी भान डेर डुसेनले ४२ बलमा ४९ रन बनाए ।
तर, पार्ल रोयल्सको टोलीले यो सानो लक्ष्य पनि हासिल गर्न सकेन । जोस बटलरले ५८ बलमा ९ चौकाको मद्दतले ६८ रनको इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
जोबर्ग सुपर किंग्सले सनराइजर्स इस्टर्न केपलाई पराजित गरेको छ:
दोस्रो खेलमा पहिले ब्याटिङ गरेको सनराइजर्स इस्टर्न केपको टोली १८.४ ओभरमा १२७ रनमा मात्र सिमित भयो । एडम रोसिङ्टनले ३१ बलमा सर्वाधिक ४० रन बनाए ।
जोबर्ग सुपर किंग्सका जेराल्ड कोएत्जी र आरोन फाङ्गिसोले ४–४ विकेट लिए । जवाफमा जोबर्गको टोलीले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
लुइस डे प्लोयले ४० बलमा ४७ रनको अविजित इनिङ खेले । योसँगै कप्तान फाफ डु प्लेसिसले पनि ३८ बलमा ३७ रन बनाए । सनराइजर्सको टोलीले सात बलर प्रयोग गरे पनि रन भने पर्याप्त हुन सकेन ।