किरोन पोलार्डको टिम वेस्टइन्डिज र आइपिएलका प्रशिक्षक नेपालको प्रशिक्षक बन्ने दाउमा!

काठमाडौं।

नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्ति आज वा भोलि गर्ने जनाएको छ।सार्वजनिक रुपमा सूचना प्रकाशन गरेर आवदेन मागगरेको क्यानले सर्टलिस्टमा रहेकाको अन्तर्वार्ता पनि लिइसकेको छ ।

क्यानको प्रमुख प्रशिक्षक छनोट समितिले तयारी अन्तिम चरणमा पुर्‍याएको भन्दै अर्को साता मुख्य प्रशिक्षक नियुक्त गर्ने जनाइएको छ । क्यानको आवेदन अनुसार निर्धारित समायमा २४ जनाले आवेदन दिएका थिए ।

अनलाईन आवेदन परेकबाट ५ जनालाई सर्टलिस्ट गरेर अन्तवार्ता लिइएको थियो । क्यान पदाधिकारीले अन्तर्वार्ता लिए पनि विभिन्न प्रक्रिया पूरा गर्न समय लागेको बताएका छन् । अहिले प्रशिक्षकका एजेन्टहरुसँग छलफल भइरहेको र पारिश्रमिक लगाएतका कुराहरु टुंगोमा पुग्ने तयारी गरिएको छ ।

क्यानले अन्तर्वार्ता लिएका पाँचजनामा अस्ट्रेलियाका देभ वाट्मोर, न्युजिल्यान्डका ग्लेन पोकनल, भारतका मोन्टी देशाई, दक्षिण अफ्रिकाका रुसेल डोमिंगो र श्रीलंकाका धम्मिका प्रसाद छन् ।

नेपाली क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशालाई पाउने उच्च सम्भावना छ । विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिने मोन्टी देशाईलाई ल्याउने सम्भावना रहेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार क्यानले उनीसँग प्रारम्भिक छलफल अघि बढाएको छ । ब्याटिङमा लगातार खराब प्रदर्शन गरेपछि नेपालले आइपिएलदेखि टेस्ट टोलीसम्म निकै राम्रो अनुभव बोकेका मोन्टीलाई ल्याउने तयारी गरेको छ । नेपालले यसअघि लगातार मोन्टी देशाई ल्याउन खोजेपनि उनको कार्य व्यस्तताका कारण अन्तिम समयमा सफल हुन सकेको थिएन ।

डेभ ह्वाटमोर , पुबुदु दासानायके र मनोज प्रभाकरलाई नियुक्त गर्नुअघि नेपालको प्राथमिकतामा मोन्टी नै थिए । तर मोन्टीले इन्डियन प्रिमियर लिग (आइपिएल) हेर्न बढी समय मागेपछि क्यानले अन्यलाई नियुक्त गरेको थियो । एक पछि अर्को विदेशी प्रशिक्षक परिवर्तन पछि देशाईलाई दीर्घकालिन रुपमा ल्याउने सोच बनाएको छ ।

मोन्टीलाई ल्याउँदा नेपालको ब्याटिङमा सुधार, अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनमा फरक, भाषामा समस्या नहुने र भारतीय घरेलु क्रिकेटको धेरै फाइदा उठाउन सक्ने अनुमान गरिएको छ ।

२०२२ डिसेम्बर अन्तिमसँगै मोन्टीले वेस्टइन्डिज ब्याटिङ प्रशिक्षकको रुपमा तीन वर्ष यात्रा सकाएका थिए। खराब ब्याटिङ समाधानको लागि उनी राम्रा विकल्प हुन् । विशेष गरि उनी युवा प्रतिभा पहिचान र ब्याटिङमा सुधारका लागि चिनिन्छन् । ब्याटिङ सुधार गर्न नेपालले उच्च प्रोफाइल भएमा मोन्टीलाई ल्याउने तयारी गरेको हो ।

मोन्टीले वेस्टइन्डिज, नेपाल, अफगानिस्तान, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्यस, राजस्थान रोयल्स, पन्जाब किंग्स, भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशको प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । नेपाली क्रिकेटलाई धेरै नजिकबाट हेर्दै आएका आएका छन् ।

सन् २०१७ मा नेपालले एसिसी यू-१९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै इतिहास रचेको थियो । जुन क्रिकेट इतिहासमा नेपालले भारतलाई हराएको पहिलो खेल थियो । नेपालले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए । नेपाली यू–१९ टोलीले खराब प्रदर्शन गरेपछि मोन्टीलाई ब्याटिङ सल्लाहकारको रुपमा ल्याएको थियो । नेपालले त्यो प्रतियोगितामा सानदार प्रदर्शन पनि गर्यो ।

सम्बाददाता

Leave a Reply

Next Post

आज रोनाल्डोले एक साथ पाउने भए दुई बम्पर अफर !

Sun Jan 22 , 2023
काठमान्डौ। क्रिष्टियानो रोनाल्डोले आइतवार (जनवरी २२) मा मिसूल पार्कमा साउदी प्रो लिगमा अल नासरले अल एटिफाकसँग खेल्दा सुरु हुने अपेक्षा गरिएको छ। पोर्चुगिज फरवार्डले अन्ततः आफ्नो नयाँ क्लबको लागि आफ्नो बहुप्रतिक्षित डेब्यु गर्न पाउने भएका हुन्। म्यानचेस्टर युनाइटेडसँगको सम्झौता समाप्त भएपछि क्रिस्टियानो रोनाल्डो गत महिना नि:शुल्क ट्रान्सफरमा अल नासरमा सामेल […]

You May Like

error: