काठमाडौँ।
दक्षिण अफ्रिका टी–२० लिग (एसए २०) को १५ औं खेलमा प्रिटोरिया क्यापिटल्सले डरबन सुपर जाइन्ट्सलाई ८ विकेटले पराजित गरेको छ ।
पहिले खेलेको डर्बन सुपर जाइन्ट्सको टोली १८.१ ओभरमा मात्र ८० रनमा समेटिएको थियो । जवाफमा प्रिटोरिया क्यापिटल्सले ७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य सजिलै पुरा गर्यो ।
सेनुरान मुथुसामी उत्कृष्ट ब्याटिङका लागि प्लेयर अफ द म्याच घोषित भए। डर्बन सुपर जायन्ट्सका कप्तान क्विन्टन डी ककले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।
तर, उनको यो निर्णय पूर्णतया गलत साबित भयो। ओपनर काइल मेयर्स पहिलो बलमा खाता नखोल्दै आउट भए । कप्तान क्विन्टन डी ककले पनि १३ रन बनाए र टिमले २० रनमा ३ विकेट गुमाएको थियो ।
मिडल अर्डरमा हेनरिक क्लासेनले २४ बलमा ३१ रनको इनिङ खेले तर उनलाई अर्को छेउबाट कुनै पनि ब्याट्सम्यानको साथ मिलेन । टोलीले लगातार विकेट गुमाउँदै गयो र जसका कारण सयको अंक पनि पुग्न सकेन ।
प्रिटोरियाका तीन बलरले २–२ विकेट लिए । सेनुरान मुथुसामीले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए ।
विल ज्याकले २५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५६ रनको इनिङ खेले ।
लक्ष्य पछ्याएको क्यापिटल्सलाई पनि पहिलो बलमै पहिलो झटका लागेको थियो । फिल साल्ट खाता नखोलेर आउट भए । तर, यसपछि विल ज्याक र थुइन डे ब्रुइनले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै खेललाई एकतर्फी बनाएका थिए ।
विल ज्याकले मात्र २५ बलमा ५६ रनको उत्कृष्ट इनिङ खेले । त्यसमा ५ चौका र ४ छक्का प्रहार गर्दै जम्मा ९ बलमा उनले ४४ रन जोड्न सफल भए। सोही क्रममा डी ब्रुइनले १९ बलमा २१ रन बनाए र टोलीलाई सहज जित दिलाए ।