काठमाडौं ।
हालै जेलबाट धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेमा अझै हताश मनोविज्ञान देखिएको छ । उनले आफ्नो ट्विटर ह्यान्डलको बायोमा निराशाजन्य भाव व्यक्त गरेका छन् भने राष्ट्रिय टिमका केही खेलाडीहरुलाई अनफलो गरेका छन् ।
आफ्नो ट्विटर ह्यान्डलको बायो हिजो परिवर्तन गरी सन्दीपले लेखेका छन्, ‘एन्ड द स्टोरी इन्ड्स हियर ।’ ‘र, कथा यहाँ अन्त्य हुन्छ ।’ यसअघि उनको बायोमा राष्ट्रिय क्रिकेट खेलाडी लेखिएको थियो ।
अहिलेको बायोले उनी क्रिकेटबाटै बिदा हुने निष्कर्षमा पुगेको भनेर पनि कतिपयले अड्कलवाजी गरिरहेका छन् । तर, निकट स्रोतका अनुसार त्यो सत्य होइन । सन्दीप अझै पनि राष्ट्रिय टिममा फर्किएर क्रिकेट खेल्न लालायित छन् ।
सन्दीपले दुई दिन अघि मात्रै आफ्नो राष्ट्रिय टिममा पुनरागमनबारे नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दसँग कुराकानी गरेका थिए । उनी क्रिकेट मैदानमा समेत पुगेका थिए । अध्यक्ष चन्दले स्पष्ट जवाफ नदिएपछि सन्दीप केही निराश बनेको स्रोतको भनाइ छ ।
यसै बीच हिजो केही सिनियर खेलाडी ग्राउण्ड्को मुख्य भागमा नेटसहित बन्द प्रशिक्षणमा अभ्यास गरिरहेका थिए। प्रशिक्षणमा देखियका सन्दिपले सँगै अभ्यास नगरुन भन्ने मनासाय सिनियर खेलाडिले देखाएपछी सन्दिपले आफू नै हिजो यु १९ का खेलाडिसँग नेटमा अभ्यास गरेका थिए ।
यसैबीच सन्दीपले हिजो नै राष्ट्रिय टिमका खेलाडीहरु दिपेन्द्र सिंह ऐरी,पारस खड्का, सोमपाल कामी, करण केसी कुशल भुर्तेल लगायतलाई ट्विटरमा अनफलो गरेका छन् । बलात्कार आरोपमा आफू जेल पर्दा साथी खेलाडीहरुले कुनै पनि तरिकाबाट बचाउमा नबोलेको र नलेखेको भनि उनी असन्तुष्ट थिए ।
पछिल्ला दिनमा केही क्रिकेटरले उनको पक्षमा लेखेका छन् । ती क्रिकेटरलाई सन्दीपले अनफलो गरेका छैनन् ।पूर्वकप्तान ज्ञानेन्द्र मल्लसित सन्दीपको पहिल्यैदेखि शीतयुद्ध थियो । क्यानले ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तान बनाएको थियो ।
यसैगरि, अर्का पूर्वकप्तान पारस खड्कासँग पनि सन्दीपको सुमधुर सम्वन्ध छैन । पछिल्लो समय ज्ञानेन्द्र र पारसलाई उनले फलो गरेका छैनन् ।