टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष

काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ। लिगमा स्पट फिक्सिङ भएको भन्ने खबर पाएपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो।

डिएसपीको नेतृत्वमा भइरहेको अनुसन्धानले स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको सिआइबी प्रवक्ता एवं एसपी संजय सिंह थापाले जानकारी दिए।

‘स्पट फिक्सिङ भएको भन्ने भन्ने प्रारम्भिक ठम्याइ छ। त्यहीँ अनुसार कानुनी दायरामा ल्याउने हिसाबले अगाडि बढेको छ,’ उनले भने। यस्तै सोमबार यसबारे प्रतिवेदन सार्वजनिक गर्ने तयारी समेत रहेको उनले बताए।

यसमा केही व्यवस्थापकीय भूमिकामा रहेका अधिकारीहरू, केही खेलाडीहरू र अन्य केही व्यक्तिको संलग्नता देखिएको उनले बताए। यद्यपि यकिन कुरा सार्वजनिक भएपछि मात्रै भन्ने बताए। पुस २८ गते सकिएको लिग सुरू देखिनै विवादित थियो। लिगमा स्पट फिक्सिङको आशंका भएपछि सिआइबीको अनुसन्धान गरेको थियो।

अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडी समेतको संलग्नता हुनसक्ने बताएको छ। यसबारे सिआइबीले अहिले सार्वजनिक गरेको छैन। नेपाल टी-२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो।

भारतीय कम्पनीलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो।पटक/पटक सरेको लिगको मुख्य प्रयोजक कम्पनी वान एक्स ब्याट छ। यो कम्पनी बेटिङ गराउने वान एक्स बेटको सहायक कम्पनी हो।

ब्राउजरमा वान एक्स ब्याट डटकम हान्दा सिधैं वान एक्स बेटिङ खुल्ने भएकाले बेटिङ र स्पट फिक्सिङको आशंका भएको थियो।यस्तै लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया भारत पुगेका थिए। लिग विवादित बनेपछि अनुसन्धानका लागि आइसिसीका प्रतिनिधि समेत नेपाल आएका थिए।

उक्त टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो। आइसिसीको टिमले सिआइबीको अनुसन्धानलाई सहयोग गर्ने बताएको थियो।समूह चरणको खेल भइरहँदा कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आशंका गर्दै आफू अलग भएको घोषणा गरेपछि लिग थप विवादित बनेको थियो।

लगत्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङका लागि ‘अफर’ गरिएको बताएका थिए।लिगमा फिक्सिङसहितका अन्य अवैध गतिविधिको निगरानीका लागि क्यानले वीर सिंहको नेतृत्वमा एन्टी करप्सन युनिट खडा गरेको थियो।

युटिनमा उजुरी आएको केहीदिन पछि कमेन्टेटर र खेलाडीले बोलेका थिए। नियमअनुसार पहिला युटिनमा त्यस्तो उजुरी आउनु पर्नेहुन्छ। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीलाई खबर गरेपछि अनुसन्धान गरेर गरी कारबाहीको प्रक्रिया अघि बढ्छ।

सम्बाददाता

Leave a Reply

Next Post

आफ्नै साथीले रोनाल्डोलाई मुखमा हिर्काए पछि....

Fri Jan 20 , 2023
काठमाण्डौ। बिहिबार राति साउदीको किंग फाहद स्टेडियममा निकै रोमान्चक मैत्रीपूर्ण खेल सम्पन्न भयो। फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साउदी अल-स्टार ११ को सामना गर्दा थुप्रै सुपरस्टार खेलाडीको जम्का-भेट भएको थियो। पेरिस सेन्ट जर्मेन (पीएसजी) र साउदी अल-स्टार बीच भएको खेल धेरै तरिकाले रोमान्चक खेल भएको थियो। पीएसजीले उक्त […]

You May Like

error: