कप्तान रुबिना क्षेत्रीलाई ठूलो सफलता,रुबिना पुन हङकङको ठूलो क्लबमा अनुबन्धित!

काठमाण्डौ।

नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले हङकङमा हुने दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टि२० प्रतियोगिता खेल्ने भएकी छिन् । रुविनालाई द बर्मी आर्मीले रिटेन गरेको छ । गतवर्ष रुविनाले द बर्मी आर्मीबाट नै खेलेकी थिइन् ।

आज द बर्मी आर्मीले २०२३ को टोली घोषणा गर्दा रुविनालाई पनि टोलीमा समावेश गरिएको ।यस अघि को सीजन मा नेपालका सीता रानामगर र  रुबिना क्षेत्री सहभागी भएका थिए।

पहिलो सिजनमा रुबिनले २ खेलमा मौका पाएकी थिइन्।उक्त खेलमा रुबिनाले ब्याटिङमा माउमा नपाउँदा बलिङमा एक इनिङमा २ ओभर बलिङ गर्दै २० रन खर्चेकी थिईन् ।सीताले ७ खेलमा ४ विकेट लिँदा २२ रन बनाएकी थिइन् ।प्रतियोगिता आगमी अप्रिल ३ देखि १६ अप्रिल सम्म हुनेछ ।

यता आज रुबिना को टिमले सीताको टिमलाई पराजित गदै फाइनल प्रवेश गरेको छ।प्रदेश नम्बर-१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै प्रदेश-१ उपाधि नजिक पुगेको हो ।अब प्रदेश-१ ले उपाधिका लागि सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश-१ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।प्रदेश-१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडिन । अप्सरी बेगम ९ रनमा अविजित रहिन् । काजल श्रेष्ठ ९ र लकिता राजवंशी १ रनमा आउट भईन् ।

एपी फका नेरी थापाले १ विकेट लिईन् ।त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १३ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन जोडेको थियो ।एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक १० रन जोडिन् ।

त्यस्तै इन्दु वर्माले ७ तथा ज्योति पाण्डेले ५ रन बनाईन ।एपीएफलाई सस्तैमा समेट्न प्रदेश-१ की संगीता राई र एलिशा खडियाले ३/३ विकेट लिईन् । सबनम राईले २ विकेट हात पारिन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाउनेबारे अलमलमा क्यान, यस्तो भन्छन् चतुरबहादुर चन्द

Fri Jan 20 , 2023
काठमाडौं । कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टीमबाट गरिएको निलम्बन फुकुवा गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) अन्योलमा देखिएको छ । अदालतको आदेशमा सन्दीप रिहा भइसके पनि उनीमाथिको मुद्दा विचाराधीन नै रहेकाले क्यान दोधारमा परेको हो । पाटन उच्च अदालतले बलात्कार आरोपी सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा गत साता रिहा गरेको थियो […]

You May Like

error: