मेस्सीसँगको फोटो सेयर गर्दै रोनाल्डोले लेखे भावुक स्टाटस!

काठमाण्डौ।

बिहिबार राति रियादमा भएको मैत्रीपूर्ण भिडन्तमा लियोनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको दुई गोल गरेपछि क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा एक पोस्ट साझा गरेका छन्।

बिहीबार जनवरी १९ मा रियाद अल-स्टार ११ विरुद्ध पीएसजीको खेलमा पेरिस क्लबले रोनाल्डोको कप्तानीमा रहेको टोलीलाई ५-४ गोलले पराजित गर्न सफल भयो। रोनाल्डोले साउदी अरेबियाको क्लब अल-नासरसँग यसै महिनाको सुरुवातमा अनुबन्ध भएपछि पहिलो पटक मैदानमा उत्रिँदा दुई पटक स्कोरसिटमा आफ्नो नाम लेखाउन सफल भए।

खेल पछि उनले आफ्नो सामाजिक सञ्जालमा ५ पटकका बालोन डी’ ओर विजेताले आफ्ना लामो समय देखिका प्रतिद्वन्दी मेस्सीसँगको फोटो साझा गरेका छन्। खेलका केही तस्बीरका साथै मेस्सी र आफू एकसाथ भएको फोटो उनले साझा गर्दै लेखेका छन्,””पिचमा फर्किन पाउँदा र खेलमा गोल गर्न पाउँदा खुसी लाग्यो!! र केही पुराना साथीहरू देख्दा खुसी लाग्यो!”

पीएसजीका लागि लियोनल मेस्सी, किलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १-१ गोल गरे। अर्कोतर्फ, रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएपनि नतिजा बदल्न सकेनन्।

साउदी अरबको किङ्ग फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, काइलियन एमबाप्पे र ह्युगो एकिटिकले गोल गरे । रियाद–११ बाट रोनाल्डोले दुई र ह्युन सो जाङ र एन्डरसन टालिस्काले एक–एक गोल फर्काएका थिए ।

यस खेलमा दुई गोल गरेका रोनाल्डोलाई खेलको म्यान अफ द म्याचको अवार्ड दिइएको छ ।क्रिस्टियानो रोनाल्डो पिएसजीविरुद्धको खेलको म्यान अफ द म्याच बनेका छन् ।यस खेलको सुरुमा बलिउड मेगास्टार अमिताभ बच्चन देखिएका थिए ।

त्यहाँ उहाँ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।उनले दुवै खेलाडीसँग हात मिलाए ।  अमिताभ बच्चनले पहिले ब्राजिलियन स्टार खेलाडी नेयमार जुनियर र त्यसपछि युवा फ्रान्सेली स्टार केलियन एमबाप्पेसँग हात मिलाए।

लियोनल मेस्सीलाई पछ्याउँदै यी दुई थिए । अमिताभले मेस्सीसँग हात मिलाए र केही सेकेन्ड रोकेर कुरा गरे। उनले मेस्सीलाई विश्वकप जितेकोमा बधाई दिएजस्तो देखिन्थ्यो । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले गत महिना फिफा विश्वकपको उपाधि जितेको थियो ।

पीएसजीका खेलाडीहरूसँग भेट गरेपछि अमिताभ रियाद ११ तर्फ लागे। उनले पहिलो पटक कप्तान क्रिस्टियानो रोनाल्डोसँग हात मिलाए । उनी रोनाल्डोसँग कुरा गर्दै पनि देखिएका थिए । यस क्रममा विश्वका महान खेलाडी रोनाल्डोको अनुहारमा मुस्कान पनि देखियो ।

सम्बाददाता

Leave a Reply

Next Post

कप्तान रुबिना क्षेत्रीलाई ठूलो सफलता,रुबिना पुन हङकङको ठूलो क्लबमा अनुबन्धित!

Fri Jan 20 , 2023
काठमाण्डौ। नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले हङकङमा हुने दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टि२० प्रतियोगिता खेल्ने भएकी छिन् । रुविनालाई द बर्मी आर्मीले रिटेन गरेको छ । गतवर्ष रुविनाले द बर्मी आर्मीबाट नै खेलेकी थिइन् । आज द बर्मी आर्मीले २०२३ को टोली घोषणा गर्दा रुविनालाई पनि […]

You May Like

error: