कविता र बिन्दुले चौका चौकाको वर्षा गर्दै कीर्तिमानी साझेदारी गर्दा सुदुरपश्चिम फाइनल प्रवेश

काठमाडौं ।

मधेश प्रदेशलाई पराजित गर्दै सुदुरपश्चिम प्रदेश इटहरीमा जारी रहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कविता कुँवर र कप्तान बिन्दु रावलले ९४ बलमा १ सय २८ रनको कीर्तिमानी ओपनिङ साझेदारी गरेपछि सुदुरपश्चिमले मधेशलाई १ सय १४ रनले पराजित गरेको हो ।

इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ८ विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो । मधेशका लागि प्रतिमा शाह १९ रनमा आउट हुँदा सिमा कुँवरले १६ रन बनाईन् । अलिशा यादव १४ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदुरपश्चिमका लागि मनिशा चौधरी र रितु कनौजियाले समान दुई दुई तथा कविता कुँवर,रितु कनौजिया र स्नेहा महराले समान एक एक विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

सुदुरपश्चिमका लागि कविता कुँवर र बिन्दु रावलले अर्धशतक बनाए । कुँवरले ५४ बलमा १२ चौका तथा १ छक्का प्रहार गर्दा ७० तथा कप्तान बिन्दु रावलले ५२ बलमा अविजित ६० रन बनाईन् ।

कविता जोशी १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाएर आउट भईन् ।मधेशले १८ रन अतिरिक्त रुपमा दिएको थियो । मधेशका लागि भुमि सिंह र साना प्रविनले समान एक एक विकेट लिए ।

अब सुदुरपश्चिमले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि शनिबार खेल्नेछ । आज नै हुने दोस्रो सेमिफाइनलमा प्रदेश १ र नेपाल एपीएफ क्लबका बीचमा खेल हुदैछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दीप लामिछाने अब क्रिकेट छोड्ने मनसायमा,सन्दीपले किन गरे ठूलो घोषणा?

Fri Jan 20 , 2023
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोली हिअर’ राखेका छन् ।राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका हुन् । सन्दीप अहिले बालिका बलात्कारको मुद्दा खेपिरहेका छन् । लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले […]

You May Like

error: