रोनाल्डो र अमिता बच्चन हात मिलाउँदा अनुहारमा मुस्कान आउनुको ठूलो कारण यस्तो!

काठमाडौँ ।

विश्वका दुई महान् खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मेन (पीएसजी)का लियोनल मेस्सी साउदी अरेबियाको राजधानी रियादमा आमनेसामने भएका छन् ।

मैत्रीपूर्ण खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले साउदी अरबको रियाद अल स्टार्स ११ लाई ५–४ गोलको नतिजामा पराजित गरेको छ ।यस खेलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्तको रुपमा हेरिएको थियो ।

खेलको तेस्रो मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।३४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै नसरलाई १-१ गोलको बराबरीमा ल्याए ।खेलको ३९ औं मिनेटमा जुवान बर्नेटले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।

४३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए ।पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नसरलाई २-२ को बराबरीमा ल्याए ।खेलको ५३ औं मिनेटमा सर्जियो रामोसले गोल गरेपछि पीएसजी ३-२ ले अघि रह्यो ।

५६ औं मिनेटमा जाङ ह्युन सोले गोल गर्दै नसरलाई ३-३ को बराबरीमा ल्याए ।६० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई ४-३ को स्थितिमा ल्याए ।

खेलको ७८ औं मिनेटमा ह्युगो इकिटिकेले गोल गर्दा पीएसजी ५-३ ले अघि रह्यो ।त्यसपछि खेलको इन्जुरी समयमा टलिस्काले गोल गरेपनि घरेलु तोलु ५-४ ले पराजित भयो ।

यस खेलको सुरुमा बलिउड मेगास्टार अमिताभ बच्चन देखिएका थिए ।त्यहाँ उहाँ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।उनले दुवै खेलाडीसँग हात मिलाए ।  अमिताभ बच्चनले पहिले ब्राजिलियन स्टार खेलाडी नेयमार जुनियर र त्यसपछि युवा फ्रान्सेली स्टार केलियन एमबाप्पेसँग हात मिलाए।

लियोनल मेस्सीलाई पछ्याउँदै यी दुई थिए । अमिताभले मेस्सीसँग हात मिलाए र केही सेकेन्ड रोकेर कुरा गरे। उनले मेस्सीलाई विश्वकप जितेकोमा बधाई दिएजस्तो देखिन्थ्यो । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले गत महिना फिफा विश्वकपको उपाधि जितेको थियो ।

पीएसजीका खेलाडीहरूसँग भेट गरेपछि अमिताभ रियाद ११ तर्फ लागे। उनले पहिलो पटक कप्तान क्रिस्टियानो रोनाल्डोसँग हात मिलाए । उनी रोनाल्डोसँग कुरा गर्दै पनि देखिएका थिए । यस क्रममा विश्वका महान खेलाडी रोनाल्डोको अनुहारमा मुस्कान पनि देखियो ।

सम्बाददाता

Leave a Reply

Next Post

कविता र बिन्दुले चौका चौकाको वर्षा गर्दै कीर्तिमानी साझेदारी गर्दा सुदुरपश्चिम फाइनल प्रवेश

Fri Jan 20 , 2023
काठमाडौं । मधेश प्रदेशलाई पराजित गर्दै सुदुरपश्चिम प्रदेश इटहरीमा जारी रहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कविता कुँवर र कप्तान बिन्दु रावलले ९४ बलमा १ सय २८ रनको कीर्तिमानी ओपनिङ साझेदारी गरेपछि सुदुरपश्चिमले मधेशलाई १ सय १४ रनले पराजित गरेको हो । इटहरीको […]

You May Like

error: