मेस्सी र एमबाप्पेलाई पछि पार्दै रोनाल्डोले पाए ठूलो अवार्ड

काठमाडौं ।

साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेसीको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले बिहीबार क्रिस्टियानो रोनाल्डोको क्लब रियाद–११विरुद्ध ५–४ को रोमाञ्चक जित निकालेको छ ।

साउदी अरबको किङ्ग फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, काइलियन एमबाप्पे र ह्युगो एकिटिकले गोल गरे । रियाद–११ बाट रोनाल्डोले दुई र ह्युन सो जाङ र एन्डरसन टालिस्काले एक–एक गोल फर्काएका थिए ।

यस खेलमा दुई गोल गरेका रोनाल्डोलाई खेलको म्यान अफ द म्याचको अवार्ड दिइएको छ ।क्रिस्टियानो रोनाल्डो पिएसजीविरुद्धको खेलको म्यान अफ द म्याच बनेका छन् ।

खेलको तेस्रो मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । मेसीले नेइमारले निकालेको पासलाई पोस्टको दिशा दिएका थिए । तर, ३४औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै रियाद–११ लाई खेलमा फर्काएका थिए ।

पीएसजीका गोलकिपर किलर नाभासले रोनाल्डोमाथि नै फाउल गरेपछि रियाद–११ ले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डोले कुनै गल्ती गरेनन् ।

४३औं मिनेटमा कप्तान मार्किन्होसले गोल गर्दै पीएसजीलाई पुन: अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा पीएसजीले पेनाल्टी पाएपनि नेइमारले त्यसमा गोल गर्न नसक्दा अग्रता बढाउने सुनौलो अवसर खेर फालेको थियो । रियाद–११ का रक्षकले आफ्नो पेनाल्टी क्षेत्रमा नेइमारलाई नै लडाएपछि पीएसजीले पेनाल्टी पाएको थियो ।

यस्तै, इन्जुरी समयम रोनाल्डोले नै गोल गर्दै रियाद–११ लाई २–२ को बराबरीमा फर्काएका थिए । रोनाल्डोको हेडर पोस्टमा लागेर फर्किदा पीएसजीका खेलाडीले ‘क्लियर’ गर्न नसकेको बल रोनाल्डो आफैले सदुपयोग गरेका थिए ।

५४औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई पुन: ३–२ को अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेटपछि नै ह्युन सो जाङले गोल गर्दै रियादलाई खेलमा फर्काएका थिए ।

६०औं मिनेटमा काइलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ४–३ को अग्रतामा राखेका थिए । मेसीले गरेको प्रहार रियाद–११ का रक्षकको हातमा लागेपछि पीएसजीले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पेले कुनै गोल गरेनन् ।

यस्तै, ७८औं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै पीएसजीको अग्रतालाई ५–३ को अवस्थामा पुर्याएक थिए । इकिटिक ६३औं मिनेटमा एमबाप्पेको स्थानमा मैदाम प्रवेश गरेक थिए ।

खेलको इन्जुरी समयमा टालिस्काले गोल गर्दै रियाद–११ लाई खेलमा फर्काउन खोजेपनि पीएसजी ५–४ ले विजयी भयो । त्यसअघि ३९औं मिनेटमा जुआन बेर्नेटले रातो कार्डको दर्शन गर्दै मैदामबाट बाहिरिएपछी पीएसजी १० खेलाडीमा समेटिएको थियो ।

खेलको ६० मिनेटपछि रियाद–११ ले रोनाल्डो र पीएसजीले मेसी, नेइमार, एमबाप्पेसंगै अन्य शीर्ष खेलाडीलाई सब्सिच्युट गरेको थियो ।

मेसी र रोनाल्डो सन् २०२० को डिसेम्बरपछि खेलेका हुन् । यी दुईबीचको पछिल्लो खेलमा इटालियन क्लब युभेन्ट्सबाट रोनाल्डो र मेसी स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए । यो खेलमा रोनाल्डोको टिम युभेन्ट्सले ३–० को जित निकालेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाली स्टार रोहित चन्दको उत्कृष्ट गोलमा पर्सिकको सानदार जित

Fri Jan 20 , 2023
काठमाडौं। नेपाली स्टार रोहित चन्दको उत्कष्ट गोलमा लिगा १ अन्तर्गतमा पर्सिक केदिरीको सानदार जित हात पारेको छ।इण्डोनेसियाको शिर्ष लिगमा नयाँ क्लब पेर्सिक केडिरी एफसीका लागि खेलिरहेका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले क्लबका लागि बिहीबार पहिलो गोल गरेका छन् । लिगको १८औं खेलमा दोस्रो जित दर्ता गर्ने क्रममा पेर्सिकले भयङ्गकारालाई ३–२ […]

You May Like

error: