काठमाडौँ ।
विश्वका दुई महान् खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मेन (पीएसजी)का लियोनल मेस्सी साउदी अरेबियाको राजधानी रियादमा आमनेसामने भएका छन् ।
फ्रान्सेली क्लब पीएसजीले साउदी अरेबियाका दुई क्लब अल-नासर र अल हिलाल मिलेर बनेको रियाद इलेभेनसँग सामना गर्यो। यस खेलको सुरुमा बलिउड मेगास्टार अमिताभ बच्चन देखिएका थिए ।
उनले दुवै खेलाडीसँग हात मिलाए । त्यहाँ उहाँ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । अमिताभ बच्चनले पहिले ब्राजिलियन स्टार खेलाडी नेयमार जुनियर र त्यसपछि युवा फ्रान्सेली स्टार केलियन एमबाप्पेसँग हात मिलाए।
लियोनल मेस्सीलाई पछ्याउँदै यी दुई थिए । अमिताभले मेस्सीसँग हात मिलाए र केही सेकेन्ड रोकेर कुरा गरे। उनले मेस्सीलाई विश्वकप जितेकोमा बधाई दिएजस्तो देखिन्थ्यो । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले गत महिना फिफा विश्वकपको उपाधि जितेको थियो ।
त्यसपछि अमिताभ बच्चनले पीएसजीका अन्य खेलाडीसँग पनि भेट गरे । जसमा मोरक्कोका अशरफ हाकिमी, स्पेनका सर्जियो रामोस र ब्राजिलका मार्किनहोस थिए । मार्किन्होस पीएसजीका कप्तान हुन् ।
पीएसजीका खेलाडीहरूसँग भेट गरेपछि अमिताभ रियाद ११ तर्फ लागे। उनले पहिलो पटक कप्तान क्रिस्टियानो रोनाल्डोसँग हात मिलाए । उनी रोनाल्डोसँग कुरा गर्दै पनि देखिएका थिए । यस क्रममा विश्वका महान खेलाडी रोनाल्डोको अनुहारमा मुस्कान पनि देखियो ।
यो पनि : फुटबल खेल चलिरहदा हेलिकप्टर अवतरण गरेपछि मैदानमा झडप,झडप पछि प्रहरी परिचालन
वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहदा हेलिकप्टर अवतरण गरेपछि फुटबल मैदानमा झडप भएको छ ।खेल चलिरहदा बिहीबार प्रभु कम्पनिको हेलिकप्टर मैदानमा अवतरण भएको थियो ।
त्यसपछि बिना सूचना अवतरण गरेको भन्दै स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई हातपात गरेका छन् ।पाइलटसहित हेलिकप्टरका यात्रु सामान्य घाइते भएका छन् । उनीहरुलाई प्रहरीले उद्दार गरेर पठाएका छन् ।
हेलिकप्टर आकष्मिक अवतरण नभई यात्रुको बलजप्तिमा मैदानमा अवतरण गरिएको पाइलटले बताएको वालिङमा रहेका संवाददाताले जानकारी गराएका छन् ।
केहि समय झडपको स्थिति बनेपनि अहिले सामान्य अवस्थामा खेल भईरहेको छ ।दोस्रो सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको छ ।