काठमाडौं।
वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहदा हेलिकप्टर अवतरण गरेपछि फुटबल मैदानमा झडप भएको छ ।खेल चलिरहदा बिहीबार प्रभु कम्पनिको हेलिकप्टर मैदानमा अवतरण भएको थियो ।
त्यसपछि बिना सूचना अवतरण गरेको भन्दै स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई हातपात गरेका छन् ।पाइलटसहित हेलिकप्टरका यात्रु सामान्य घाइते भएका छन् । उनीहरुलाई प्रहरीले उद्दार गरेर पठाएका छन् ।
हेलिकप्टर आकष्मिक अवतरण नभई यात्रुको बलजप्तिमा मैदानमा अवतरण गरिएको पाइलटले बताएको वालिङमा रहेका संवाददाताले जानकारी गराएका छन् ।
केहि समय झडपको स्थिति बनेपनि अहिले सामान्य अवस्थामा खेल भईरहेको छ ।दोस्रो सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको छ ।
यो पनि : घोषणा भइसकेको भारतीय टोलीबाट श्रेयस अय्यर आउट, यी खेलाडीको टिममा इन्ट्री
भारतीय क्रिकेटर श्रेयस अय्यर न्युजिल्याण्ड विरुद्धको तीन एकदिवसीय सिरिज खेल्न नपाउने भएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाहले अय्यर ढाडमा चोट लागेका कारण न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिज खेल्न नसक्ने जानकारी दिए।
छनोट समितिले उनको स्थानमा रजत पाटीदारलाई मौका दिएको छ। जय शाहले अय्यर चोटको मूल्याङ्कन र उपचारका लागि राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) जाने बताए।
भारत र न्यूजिल्याण्डबीचको तीन खेलको एकदिवसीय शृंखला बुधबार (१८ जनवरी)देखि सुरू हुँदैछ। पहिलो खेल हैदरावादमा हुनेछ।
भारत एकदिवसीय टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल, इशान किशन, विराट कोहली, सूर्य कुमार यादव, केएस भरत, हार्दिक पाण्ड्या, रजत पाटीदार, वाशिंगटन सुन्दर, शाहबाज अहमद, शार्दुल ठाकुर, युजवेन्द्र चहल, कुलदीप यादव, मोहम्मद शामी, मोहम्मद सिराज र उमरान मलिक।