ह्वाटमोरलाई पछि पार्दै वेस्टइन्डिज र आइपिएलका प्रशिक्षक नेपालको प्रशिक्षक बन्ने दाउमा!

काठमाडौं।

नेपाली क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशालाई पाउने उच्च सम्भावना छ । विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिने मोन्टी देशाईलाई ल्याउने सम्भावना रहेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार क्यानले उनीसँग प्रारम्भिक छलफल अघि बढाएको छ । ब्याटिङमा लगातार खराब प्रदर्शन गरेपछि नेपालले आइपिएलदेखि टेस्ट टोलीसम्म निकै राम्रो अनुभव बोकेका मोन्टीलाई ल्याउने तयारी गरेको छ । नेपालले यसअघि लगातार मोन्टी देशाई ल्याउन खोजेपनि उनको कार्य व्यस्तताका कारण अन्तिम समयमा सफल हुन सकेको थिएन ।

डेभ ह्वाटमोर , पुबुदु दासानायके र मनोज प्रभाकरलाई नियुक्त गर्नुअघि नेपालको प्राथमिकतामा मोन्टी नै थिए । तर मोन्टीले इन्डियन प्रिमियर लिग (आइपिएल) हेर्न बढी समय मागेपछि क्यानले अन्यलाई नियुक्त गरेको थियो । एक पछि अर्को विदेशी प्रशिक्षक परिवर्तन पछि देशाईलाई दीर्घकालिन रुपमा ल्याउने सोच बनाएको छ ।

मोन्टीलाई ल्याउँदा नेपालको ब्याटिङमा सुधार, अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनमा फरक, भाषामा समस्या नहुने र भारतीय घरेलु क्रिकेटको धेरै फाइदा उठाउन सक्ने अनुमान गरिएको छ ।

२०२२ डिसेम्बर अन्तिमसँगै मोन्टीले वेस्टइन्डिज ब्याटिङ प्रशिक्षकको रुपमा तीन वर्ष यात्रा सकाएका थिए। खराब ब्याटिङ समाधानको लागि उनी राम्रा विकल्प हुन् । विशेष गरि उनी युवा प्रतिभा पहिचान र ब्याटिङमा सुधारका लागि चिनिन्छन् । ब्याटिङ सुधार गर्न नेपालले उच्च प्रोफाइल भएमा मोन्टीलाई ल्याउने तयारी गरेको हो ।

मोन्टीले वेस्टइन्डिज, नेपाल, अफगानिस्तान, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्यस, राजस्थान रोयल्स, पन्जाब किंग्स, भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशको प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । नेपाली क्रिकेटलाई धेरै नजिकबाट हेर्दै आएका आएका छन् ।

सन् २०१७ मा नेपालले एसिसी यू-१९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै इतिहास रचेको थियो । जुन क्रिकेट इतिहासमा नेपालले भारतलाई हराएको पहिलो खेल थियो । नेपालले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए । नेपाली यू–१९ टोलीले खराब प्रदर्शन गरेपछि मोन्टीलाई ब्याटिङ सल्लाहकारको रुपमा ल्याएको थियो । नेपालले त्यो प्रतियोगितामा सानदार प्रदर्शन पनि गर्यो ।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दीपलाई क्लोज क्याम्पमा राख्न क्यानले थाल्यो यस्तो तयारी

Thu Jan 19 , 2023
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाउने भएको छ । फागुनमा नेपालले आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल लिगको अंक तालिकामा १८ अंकका साथ छैटौँ स्थानमा छ । क्यानले स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलका लागि केही दिनभित्र क्लोज क्याम्प सुरु गर्दै छ ।सो क्लोज क्याम्पमा सन्दीपलाई […]

You May Like

error: