आज मेस्सी र रोनाल्डो खेल्दै, यस्तो छ हेड टू हेड

काठमाण्डौ।

विश्व फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी फेरि एक-पटक आमनेसामने हुँदै छन्।पोर्चुगिज स्टार रोनाल्डो र अर्जेन्टिनी फरवार्ड मेस्सी मैत्रीपूर्ण खेलमा भेट्न लागेका हुन्।

बिहीबार (आज) साउदी अरबको अल स्टार ११ र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्दै छन्।पिएसजीमा मेस्सीसहितका स्टार खेलाडी हुने छन्। अल स्टार ११ भने अल नासर र अल हिलालका खेलाडीलाई समेटेर बनाइएको टिम हो, जसको कप्तानी रोनाल्डोले गर्ने छन्।

पिएसजी र अल स्टारबीचको खेल आज नेपाली समयानुसार राति १०:४५ बजेबाट सुरु हुने छ।राजधानी रियादस्थित किंग फहाद इन्टरनेसनल रंगशालामा हुने यस खेलमा मेस्सी र रोनाल्डोको भेट हुने छ।

रोनाल्ड र मेस्सी पछिल्लो पटक सन् २०२० को डिसेम्बरमा ८ तारिखमा भेट भएका थिए।च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा बार्सिलोना र युभेन्टसको खेल हुँदा उनीहरू दुईबीच भेट भएको थियो।

त्यसपछि मेस्सी बार्सिलोना छोड्दै पिएसजी पुगेका छन्। रोनाल्डो भने म्यानचेस्टर युनाइटेड पुगेर फेरि साउदी अरबको अल नासार पुगेका छन्।अल नासरमा उनले क्लबमा डेब्यु गर्न भने बाँकी छ।

रोनाल्डो र मेस्सीले सन् २००८ यता प्रतिद्वन्द्विता थालेका हुन्। हालसम्म उनीहरूले ३६ पटक एक-अर्काविरुद्ध खेलिसकेका छन्।मेस्सीले रोनाल्डोविरुद्ध १६ खेलमा जित निकाल्दै २२ गोल र १६ असिस्ट गरेका छन्। मेस्सीविरुद्ध ११ खेलमा जित निकालेका रोनाल्डोले ११ गोल र एकमात्र असिस्ट गरेका छन्।

समग्रमा मेस्सीले क्लबका लागि ८५५ खेल खेल्दै ७०२ गोल र ३३३ असिस्ट गरेका छन्। अर्जेन्टिनालाई हालैमात्र विश्वकपको उपाधि जिताएका मेस्सीले देशका लागि १७२ खेलमा ९८ गोल गरेका छन्।

रोनाल्डोले भने विभिन्न क्लबबाट ९४९ खेलमा ७०१ गोल गरेका छन् भने २२३ गोलमा पास मिलाइदिएका छन्। पोर्चुगललाई युरो कप जिताउन सफल रोनाल्डोले देशका लागि १९६ खेल खेल्दा ११८ गोल गरेका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

ह्वाटमोरलाई पछि पार्दै वेस्टइन्डिज र आइपिएलका प्रशिक्षक नेपालको प्रशिक्षक बन्ने दाउमा!

Thu Jan 19 , 2023
काठमाडौं। नेपाली क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशालाई पाउने उच्च सम्भावना छ । विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिने मोन्टी देशाईलाई ल्याउने सम्भावना रहेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार क्यानले उनीसँग प्रारम्भिक छलफल अघि बढाएको छ । ब्याटिङमा लगातार खराब प्रदर्शन […]

You May Like

error: