काठमाण्डाै ।
भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ ।माइकल ब्रेसवेलको शतकका बाबजुद न्युजिल्यान्ड घरेलु टोली भारतसँग १२ रनले पराजित भएको हो । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।
जितका लागि ३ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९ ओभर २ बलमा ३ सय ३७ रनमा अलआउट भयो ।खराब ब्याटिङ प्रदर्शन गरेपनि सातौं विकेटका लागि मिचेल सान्टनार र माइकल ब्रेसवेलले १ सय ६२ रनको सानदार शतकीय साझेदारी गरेका थिए।
न्युजिल्यान्डको लागि माइकल ब्रेसवेलले आक्रामक शतक प्रहार गरेका थिए।उनले ७८ बलमा १२ चौका र १० छक्कासहित १४० रनको योगदान दिएका छन् ।सान्टनारले ४५ बलमा ७ चौका र १ छक्कासहित ५७ रनको योगदान दिएका छन्।
त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो ।
भारतीय टोलीका ओपनर ब्याट्सम्यान शुभमन गिलले न्युजिल्यान्ड विरुद्ध आँधीबेहरी शतक प्रहार गरेका छन् । उनले २०८ रनको इनिङ्स खेलेका थिए । दोहोरो शतक प्रहार गरेसँगै उनले टोलीमा आफ्नो स्थान पक्का गरेका छन् । खेल पनि शुभमन गिलले आफ्नो प्रतिक्रिया दिएका छन्।
आफ्नो रणनीतिबारे शुभमन गिलले भने, ‘विकेट पसेपछि म धेरै पटक स्वतन्त्र भएर खेल्न चाहन्थेँ र अन्त्यमा त्यो गर्न पाएकोमा म खुसी छु । कहिलेकाहीँ जब बलर शीर्षमा हुन्छ, तपाईंले उसलाई दबाब महसुस गर्न आवश्यक छ। उनले भने, ‘मैले डट बलबाट जोगिन र केही नियत देखाउन आवश्यक थियो र जुन ग्यापमा मैले गरिरहेको थिएँ।’
शुभमन गिलले भने, ‘मैले वास्तवमा २०० रनको बारेमा सोचेको थिइनँ तर ४७ औं ओभरमा छक्का प्रहार गरेपछि म यो गर्न सक्छु भन्ने लाग्यो । पहिले म बल हेरेर खेल्थे । गिलले भने।
गिलले आँधीबेहरी खेले
शृङ्खलाको पहिलो खेलमा भारतले न्युजिल्यान्डमाथि १२ रनले जित हासिल गरेपछि ‘प्लेयर अफ द म्याच’ अवार्ड पाएका शुभमन गिलले भने, ‘म मैदानमा उत्रन चाहन्छु र जे चाहन्छु त्यही गर्न चाहन्छु । ऊ अधीर भएर पर्खिरहेको थियो।’ गिलको १४९ बलमा १९ चौका र नौ छक्का प्रहार गरेको खेलमा भारतले आठ विकेटमा ३४९ रन बनाएको थियो ।