गिलको कीर्तिमानी ब्याटिङमा न्युजिल्याण्डमाथि भारत विजय,खेर गयो माइकलको शतक

काठमाण्डाै ।

भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ ।माइकल ब्रेसवेलको शतकका बाबजुद न्युजिल्यान्ड घरेलु टोली भारतसँग १२ रनले पराजित भएको हो । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।

जितका लागि ३ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९ ओभर २ बलमा ३ सय ३७ रनमा अलआउट भयो ।खराब ब्याटिङ प्रदर्शन गरेपनि सातौं विकेटका लागि मिचेल सान्टनार र माइकल ब्रेसवेलले १ सय ६२ रनको सानदार शतकीय साझेदारी गरेका थिए।

न्युजिल्यान्डको लागि माइकल ब्रेसवेलले आक्रामक शतक प्रहार गरेका थिए।उनले ७८ बलमा १२ चौका र १० छक्कासहित १४० रनको योगदान दिएका छन् ।सान्टनारले ४५ बलमा ७ चौका र १ छक्कासहित ५७ रनको योगदान दिएका छन्।

शिराजले ओपनर डेभन कन्वेलाई १० रनमै क्याच आउट गरेका थिए । अर्का ओपनर फिन एलेन ३९ बलमा ७ चौका र १ छक्कासहित ४० रनमा आउट भए । हेनरी निकोलस १८, ग्लेन फिलिप्स ११, डर्याल मिचेल ९ र टम लाथम २४ रनमा आउट भए ।भारतका मोहम्मद शिराजले ४ तथा कुलदीप यादव र शार्दुल ठाकुरले समान २ विकेट लिए ।

त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो ।

भारतका शुभमन गिलले दोहोरो शतकीय पारी खेले । गिल एकदिवसीय क्रिकेटमा दोहोरो शतक हान्ने विश्वका आठौं ब्याट्सम्यान तथा भारतका पाँचौं खेलाडी बनेका छन् ।

कप्तान रोहित शर्मा ३८ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । विराट कोहली ८, ईशान किशन पाँच, सूर्यकुमार यादव ३१, हार्दिक पान्ड्या २८, वासिन्टन सुन्दर १२ र शार्दुल ठाकुर ३ रनमा आउट भए ।

न्युजिल्यान्डका हेनरी शिफ्ले र डर्याल मिचेलले दुई/दुई विकेट लिए । दोस्रो खेल शनिवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

किर्तिमानी दोहोरो शतक पछि गिलले दिए रोचक प्रतिक्रिया !

Thu Jan 19 , 2023
काठमाण्डाै । भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ ।माइकल ब्रेसवेलको शतकका बाबजुद न्युजिल्यान्ड घरेलु टोली भारतसँग १२ रनले पराजित भएको हो । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ । जितका लागि ३ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९ ओभर २ बलमा ३ […]

You May Like

error: