काठमाण्डौ।
न्यूजिल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले ३५० रनको लक्ष्य दिएको छ ।कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ रोजेका थिए ।
भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४९ रन बनायो ।भारतको सुरुआत कप्तान रोहित शर्मा र शुभमन गिलले गरेका थिए ।पहिलो विकेटका लागि ६० रनको साझेदारी भएका बेला रोहित आउट भएका थिए ।
रोहित २४ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रिजमा आएका विराट कोहली र इशान किशनले दोहोरो अंकमा रन बनाउन असफल भएकाबेला युवा खेलाडी गिलले पारि सम्हालेका थिए ।
सूर्यकुमार यादव ३१ तथा हार्दिक पाण्ड्या २८ रन बनाएर आउट भए । वासिंग्टन सुन्दर १२ रनमा पभेलियन फर्किएका बेला सार्दुल ठाकुरले ३ तथा कुलदीप यादवले ५ रनको पारि खेले ।
यसबीचमा गिलले दोहोरो शतक बनाए । ४९ औं ओभरमा लगातार ३ छक्का प्रहार गर्दै गिलले दोहोरो शतक पूरा गरेका थिए । उनी २०८ रन बनाएर आउट भए । योसँगै उनी न्यूजिल्याण्डविरुद्ध दोहोरो शतक बनाउने पहिलो ब्याटर बनेका छन् ।
गिल भारतबाट दोहोरो शतक बनाउने पाँचौं खेलाडी भएका छन् ।उनले १४९ बलमा ९ छक्का र १९ चौका प्रहार गरेका थिए । न्युजिल्याण्डका हेनरी सिप्ले, डिरेल मिचेलले दुई दुई विकेट लिए ।