यस्तो छ सन्दीपले त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना, के भन्छ क्यान?

काठमाण्डौ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालका लागि सातौं त्रिकोणात्मक शृंखलाको क्यानले खेलतालिका सार्वजनिक भएको छ ।नेपाल, नामिविया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला त्रिवि क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म सन्चालन हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

शृंखलामा सबै टिमले ४–४ खेल खेल्नेछन् । नेपालले फागुन २ गते नामिविया, फागुन ५ गते स्कटल्याण्ड, ६ गते पुनः नामिविया र ९ गते पुनः स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब यही सिरिजबाट खेलमा फर्किने सम्भावना रहेको छ । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै उनी टिममा समावेश हुने सम्भावना रहेको छ।

उच्च अदालत पाटनले २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै उनी धराैटी तिरेर तारेखमा रिहा भएका छन् ।केन्द्रीय कारागारबाट निस्कने क्रममा उनका समर्थकहरुले घेरेका थिए ।

यस्तै सन्दीपले हाल आफू परिवारसँग बस्न चाहेको र केही समय पछि नेपाली राष्ट्रिय क्रिकेट टिममा फर्किने बताएका थिए। आफू केही समय परिवारसँग बिताउने र आफू फ्रेस हुने बताएका थिए।

सात टिम सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले अहिलेसम्म २४ खेल खेल्दा १८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । अर्को वर्ष भारतमा हुने एकदिवशीय विश्वकपको छनोट प्रतियोगिता खेल्न यो लिगमा शीर्ष तीनभित्र रहनुपर्छ ।

शीर्ष तीनभित्र पर्ने नेपालको सम्भावना लगभग सकिएको छ । त्यसका लागि नेपालले बाँकी १२ खेल जितेरमात्र हुँदैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

लिगको शीर्ष ५ मा परेमा नेपालले एकदिवशीय मान्यता जोगिने सम्भावना रहन्छ । त्यसका लागि घरेलु मैदानमा हुन लागेको यो शृंखलामा नेपालले अधिकतम खेल जित्नुपर्ने चुनौति छ ।

सम्बाददाता

Leave a Reply

Next Post

गिलले विश्व किर्तिमान बनाउँदा भारतले दियो न्यूजिल्याण्डलाई विशाल लक्ष्य,गिलले गरे छक्का चौकाको वर्षा

Wed Jan 18 , 2023
काठमाण्डौ। न्यूजिल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले ३५० रनको लक्ष्य दिएको छ ।कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ रोजेका थिए । भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४९ रन बनायो ।भारतको सुरुआत कप्तान रोहित शर्मा र शुभमन गिलले गरेका थिए ।पहिलो विकेटका लागि ६० रनको साझेदारी भएका बेला रोहित […]

You May Like

error: