काठमाण्डौ।
नेपाल क्रिकेट संघ क्यानले यसै हप्ताभित्र नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ ।आइतबारसम्मको समय दिएर आवदेन आह्वान गरेको क्यानले अहिले सर्टलिस्ट गरेको जनाइएको छ ।
निर्धारित समयभित्र ३५ जनाले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका थिए ।त्यसबाट ५ जनालाई सट लिस्ट गरेर अन्तर्वार्ताका लागि छनोट गरिएको स्रोतले जनाएको छ ।
अन्तवार्ता बुधबार देखि विहीबारभित्र सकेर नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको स्रोतको भनाई छ ।अष्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न पुन: आवेदन दिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले अघिल्लो साता नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला माग गरेको थियो । त्यसमा अघिल्लो वर्ष नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक छाडेर भारतीय रणजी ट्रफी बरोडा हेर्न गएका देव ह्वाटमोरले पनि आवेदन दिएका छन् ।
दुई वर्षअघि ह्वाटमोरको प्रशिक्षकमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शनका साथ उपाधि जितेको थियो ।
उनको प्रशिक्षकमा सट छनोट, डट बलमा कमी, आक्रामक ब्याटिङ, कमजोर ब्याटिङ सुधार, टिम सन्तुलन र उच्च मनोबलले नेपाली क्रिकेटमा नयाँ आशाको दियो बलेको थियो । अर्कोतर्फ भद्रगोल ब्याटिङक्रम समस्या पनि सुधार देख्न सकिन्थ्यो ।
उनले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई अेडिआई सिरिज खेलेपछि गतवर्ष भदौंमा नेपाली क्रिकेट छाडेका थिए । ह्वाटमोरको प्रशिक्षकमा सन् १९९६ मा श्रीलंकाले विश्वकप उपाधि जितेको थियो । ह्वाटमोरले नेपालमा ८ महिना अवधिमा ब्याटिङमा कान्तिकारी परिवर्तन ल्याएका थिए । ब्याटिङमा उनले धेरै आशा देखाउँदै छाडेर गएका थिए ।
त्यसैले नेपालले चाँडै नै मुख्य प्रशिक्षकको नाम टुङ्गाउनेछ । नेपालले आइसिसी विश्वकप लिग २ मा अव १२ खेल खेल्न बाँकी छ । जसमा शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा १० खेल जित्नु पर्ने हुन्छ । तर पछिल्लो समय नेपालको ब्याटिङ भने सम्झन लायक छैन ।