१६ बर्षका यी अर्जेन्टिनी खेलाडीलाई भित्राउन रियल मड्रिड र बार्सिलोनाको चर्को लडाईं !

काठमाडौं ।

स्पेनमा रियल मड्रिड र बार्सिलोना एकअर्काका चीर प्रतिद्वन्द्वी हुन् । मैदानभित्रको प्रतिस्पर्धालाई एल क्लासिको भनिन्छ । आइतबार रातीको एल क्लासिकोमा बार्सिलोना विजयी रहँदा उसले सुपर कपको उपाधि उचालेको छ ।

मैदान भित्रमात्र होइन मैदान बाहिर यी दुई क्लबबीचको प्रतिस्पर्धा पनि रोमान्चक हुने गरेको छ ।

अहिले अर्जेन्टिनी क्लब भेलेजका १६ वर्षीय विंगर जियानलुका प्रेस्टियान्नीलाई भित्र्याउन रियल र बार्सिलोनाको लडाईं सुरु भएको छ । बार्सिलोनाले यी किशोर प्रतिभामाथि लामो समयदेखि नजर लगाइरहेको छ । जवकि रियलको प्रतिनिधिले पनि उनलाई हेरिरहेका छन् ।

को हुन् प्रेस्टियान्नी ?
रियल र बार्सिलोना दुवै क्लबले प्रेस्टियान्नीमाथि कडा नजर राखेका छन् । उनले १६ वर्षको उमेरमा भेलेजको शीर्ष टोलीबाट डेब्यू गरिसकेका छन् ।

उनलाई भेलेजको सिनियर टिममा लगातार कायम रहन चुनौति हुनसक्छ । उनी अर्जेन्टिनाको शीर्ष डिभिजनमा डेब्यू गर्ने तेस्रो कान्छा खेलाडी बनेका छन् । उनीभन्दा कम उमेरमा खेल्नेमा डिएगो म्याराडोना र सर्जियो एग्युरोमात्र पर्छन् ।

मैदानभित्रको गति र नेतृत्वदायी क्षमताले उनलाई प्रतिभावान खेलाडीको अग्रपंक्तिमा उभ्याएको छ । ला लिगाका दुई महारथी क्लबहरु उनलाई भित्र्याउने निर्णयका लागि अन्तिम निगरानी गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा रियलले ब्राजिलका बजारमा आफ्नो नजर केन्द्रित गरेको छ । तर, उसलाई थाहा छ कि यो समरमा पेस्ट्रियानीले इटलीको पासपोर्ट पाउनेछन् । त्यसो हुँदा टिममा गैर युरोपेली खेलाडीको कोटामा असर पर्ने छैन ।

युरोपेली फुटबलका थुप्रै पावरहाउस क्लबहरुले अन्य अर्जेन्टिनी प्रतिभामा निगरानी गरिरहेका छन् । म्यानचेस्टर सिटीले हालै स्ट्राइकर जुलियन अल्भारेजलाई अनुबन्ध गथरेको छ । बेनफिकाले एन्जो फर्नान्डेजलाई प्रमुख खेलाडीका रुपमा अघि सारेको छ । यी दुवै कतार विश्वकपका विजेता हुन् ।

पेप ग्वार्डिओलाको टिम म्यानचेस्टर सिटी ११ मिलियन युरोमा म्याक्सिमो पेरोनलाई भित्र्याउने सम्झौताको नजिक पुगेको छ । फुटबल एजेन्ट रोनाल्डो जेरेटले पेरोनका लागि बार्सिलोनालाई प्रस्ताव गरेका थिए । तर, क्लबले सम्झौता प्रक्रिया अगाडि बढाउन अस्वीकार गरेको थियो ।

यसैबीच एट्लेटिको मड्रिड पनि भेलेजका डिफेण्डर भ्यालेन्टिन गोमेजलाई निशाना बनाइरहेको छ । बार्सिलोनाले बोका जुनियर्सका मिडफिल्डर एलर भरेलालाई नजर लगाइरहेको छ । -अनलाईन खबर डटकम बाट साभार

सम्बाददाता

Leave a Reply

Next Post

सन्दिप लामिछानेमाथि अदालतले दियो अर्को ठूलो आदेश!

Tue Jan 17 , 2023
काठमाडौं । ब’ला’त्कार आरोपमा थुनामा परेका क्रिकेटर सन्दिप लामिछाने गत शुक्रबार रिहा भए । उच्च अदालत पाटनले विभिन्न शर्तसहित लामिछानेलाई रिहा गरेको हो । २० पृष्ठ लामो आदेशको १६ पृष्ठको बुँदा नम्बर २१ को (ङ) मा ‘मुद्दाको फैसला नभएसम्मका लागि लामिछानेको गतिविधि निगरानी गर्ने एवम् निजको मोबाइल नम्बर, टेलिफोन नम्बरमा […]

You May Like

error: