रोनाल्डो पछि मेसीलाई भित्राउन साउदीका २ क्लबले दिए चर्को मुल्यको अफर !

काठमाडौँ ।

क्रिस्टियानो रोनाल्डो आफ्नो लिगमा आएपछि साउदी अरबले अन्य ठुला फुटबल स्टारहरुलाई आकर्षित गर्ने देखिएको छ ।

रोनाल्डोलाई बार्षिक करिब २०० मिलियन डलर दिनेगरी साउदी लिग क्लब अल नासरले भित्र्याएपछि अन्य खेलाडी पनि साउदी जान सक्ने विश्लेषण भइरहेको छ ।

अहिले रियल म्याड्रिडमा खेलिरहेका लुका मोड्रीच, पिएसजीमा खेलिरहेका सर्जियो रामोस, रियलमै खेलिरहेका इडेन हजार्ड, युभेन्टसमा खेलिरहेका एन्जल डी मारिया जस्ता खेलाडीको नाम साउदी लिगमा जानसक्ने खेलाडीको रुपमा जोडिएको छ ।

यति मात्र होइन उनीहरुलाई साउदी लिग क्लबहरुले भित्र्याउने प्रयास पनि शुरु गरेका छन् । यसैबीच अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनेल मेसी पनि साउदी अरब लिग खेल्न सक्ने अनुमान शुरु भएको छ ।

मिडिया रिपोर्टका अनुसार मेसीलाई भित्र्याउन दुई क्लब अगाडी आएका छन् । अल हिलाल क्लबले मेसीका लागि करिब ३०० मिलियन डलर तिर्न इच्छुक रहेको मिडिया रिपोर्ट बाहिर आएको छ ।

अल नासरले रोनाल्डोलाई भित्र्याएर साउदी फुटबलमा स्टार पावर देखाए पछि अब अन्य क्लब पनि यस दौडमा लाग्न शुरु गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै मेसीका लागि अर्को क्लब अल इट्टीहादले पनि ३०० मिलियन डलर तिर्न तयार रहेको बताएको स्पेनिस मिडिया आउटलेट मार्काले उल्लेख गरको छ ।

लियोनेल मेसी हाल पिएसजीबाट खेलिरहेको र उनको सम्झौता आगामी जुनसम्म रहेकाले मेसी पैसामा आकर्षित हुन्छन् या हुदैनन् त्यो आगामी दिनमा स्पष्ट हुन्छ नै ।

मेसीले पिएसजीमा थप एक बर्षका लागि सम्झौता नवीकरणको तयारी गरिरहेका बेला साउदी लिग बारेको यस खबरले अहिले खेलाडी ट्रान्सफर बजारमा तरंगित बनाएको छ ।

साउदी क्लबहरुले रोनाल्डो आएपछि उनका चिरपरिचित प्रतिद्वन्दी मानिएका मेसीलाई निशाना बनाएर साउदी लिगलाई विश्वमै चर्चित बनाउने बाटोमा लागेको विश्लेषण भइरहेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

विराट कोहलीले एकै झड्कामा तोडे सचिन तेन्दुलकरका यी दुई ठूला कीर्तिमान

Mon Jan 16 , 2023
काठमाडौँ। ओपनर रोहित शर्माको कप्तानीमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोलीले श्रीलंकालाई एकदिवसीय सिरिजमा ३–० ले क्लिन स्वीप गरेको छ । तिरुवनन्तपुरमको ग्रीनफिल्ड अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारत ३१७ रनले विजयी भएको छ । विराट कोहलीको अविजित १६६ रन र शुभमन गिलको (११६) शतकको मद्दतमा […]

You May Like

error: