सन्दीप तत्काल राष्ट्रिय क्रिकेट टिममा नफर्किने, के गर्छन् अब सन्दीप?

काठमाडौं ।

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै पत्रकारहरुसँग कुरा गर्दै उनले छिटै खेलमा फर्किने बताएका हुन् ।

उच्च अदालत पाटनले २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै उनी धराैटी तिरेर तारेखमा रिहा भएका छन् ।केन्द्रीय कारागारबाट निस्कने क्रममा उनका समर्थकहरुले घेरेका थिए ।

कारागारबाहिर सन्दीपलाई कुरिरहेका समर्थकहरुले सन्दीपलाई बोल्न आग्रह गरेका थिए । सन्दीपसँगै साथमा रहेको कानुन व्यवसायी सरोज घिमिरेले नारा लगाएपछि समर्थकहरुलाई रोक्दै यो कुनै हारजित नभएको बताए ।

उनले भने, ‘ यो जितहार होइन अदालतले यो मुद्धाको बारेमा कुनै पनि टिकाटिप्पणी गर्न कानुन व्यवसायी, सन्दीप र पत्रकारलाई रोकेको छ । यस विषयमा कुनै टिकाटिप्पणी हुने छैन ।

२० लाख धरौटी राखेर सन्दीप बाहिर निस्केका छन् । सन्दीपले एकदुई शब्द मात्र बोल्न चाहेको मैले बुझेको छु । त्यसपछि सन्दीप गाडीमा फर्कन्छ ।’ सन्दीपले समर्थकहरुसँग बोल्नुअघि कानुन व्यवसायीले उनलाई सम्झाएका थिए ।

धेरै हल्ला भएपछि सन्दीपले नै एकछिन एकछिन भन्दै हल्ला शान्त पार्ने कोशिस गरेका थिए । ‘म के भनिराखेको छु एकछिन’ भन्दै समर्थकहरुसँग बोल्न खोजे । उनले अदालतको आदेशलाई सम्मान गर्ने बताए । सन्दीपले समयसँगै सबैकुरा बाहिर आउने बताए ।

सन्दीपले भने,‘ अघिनै हाम्रो वकिल सरोजदाईले भनेजस्तै अदातलबाट जे आदेश भएको म त्यसलाई नै सम्मान गरेर अघि बढिराखेको छु । र यो आदेशलाई सम्मान गर्ने नै छु । जित हार भन्दा पनि न्याय कानुनको तर्फबाट जे आउँछ ।

यस्तै सन्दीपले हाल आफू परिवारसँग बस्न चाहेको र केही समय पछि नेपाली राष्ट्रिय क्रिकेट टिममा फर्किने बताएका छन्। आफू केही समय परिवारसँग बिताउने र आफू फ्रेस हुने बताएका छन्।त्यही अनुसार अघि बढ्नेछु ।

अहिलेको लागि म आफनो परिवार बाहेक केही सोच्न सकिराखेको छैन । केही समय मलाई मेरो परिवारको साथ चाहिन्छ । तपाईहरुको अपार मायाको लागि एकदमै धेरै धन्यवाद अहिले म धेरै प्रतिक्रिया पनि दिन सक्दिन ।

र दिने हालतमा पनि छैन । र समयसँगै सबैकुरामा सबैको सामु नै आउँछ । धन्यबाद । ’ किशाेरी बलात्कार गरेकाे आराेपमा उनी गत असाेज २० गते पक्राउ परेका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

न्युजिल्यान्डले पाकिस्तान बिरुद्द रच्यो इतिहास, ५४ वर्षपछि हासिल गर्यो यो उपलब्धि

Sat Jan 14 , 2023
काठमाडौँ । न्युजिल्यान्डले पाकिस्तानलाई ३ एकदिवसीय सिरिजमा २–१ ले पराजित गरेको छ । अन्तिम एकदिवसीयमा किवी टोलीले २ विकेटले पराजित गरेको छ । यस खेलमा न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले तुफानी पारि खेल्दै किवी टोलीलाई जित दिलाएका छन् । पाकिस्तानविरुद्धको जितसँगै न्युजिल्याण्डले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएको छ । आउनुहोस् यसको […]

You May Like

error: