नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने !

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला टिमले अर्को महिना भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आकस्मिक बैठकले मैत्रीपूर्ण खेलका लागि भारतले पठाएको प्रस्ताव स्वीकार गरेको हो ।

एन्फाका अनुसार भारतले फेब्रुअरी १३ देखि २५ का बीचमा मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव पठाएको छ । नेपाली महिला टिमले भदौमा घरेलु मैदानमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा भारतलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई पराजित गरेको यो नै पहिलोपटक थियो । यद्यपि, नेपाल फाइनलमा भने बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

यो पनि : बाहिर यी ४ काम गरेको अवस्थामा पुन जेल जानुपर्नेछ सन्दिप !
बला’त्कार आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत पाटनले चार वटा अवस्थामा आफ्नो आदेश निष्क्रिय हुनसक्ने बताएको छ ।

उच्च अदालतले उनलाई विदेश जान रोक लगाएको छ । तर सन्दीप विदेश गएको तथ्यसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो तथ्य प्रमाणित भएमा धरौटीमा छाड्ने आदेश खारेज हुने पनि उच्च अदालतको आदेशमा उल्लेख छ ।

यस्तै लामिछानेले विचाराधीन यो मुद्दाको बारेमा कुनै टीकाटिप्पणी गरेको प्रमाणसहित जाहेरीकर्ता किशोरी वा उनको परिवारको सदस्य वा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो निवेदन व्यहोरा प्रमाणित भएमा पनि आदेश खारेज हुनसक्नेछ ।

सन्दीप आफैंले वा उनका आफन्तले किशोरी र उनका आफन्त र परिवारसँग सम्पर्क गरेमा र उनीहरुलाई कुनै डर, त्रास, धम्की वा दबाव दिएमा वा प्रलोभनमा पारेमा पनि आदेश खारेज हुने उच्च अदालत पाटनले भनेको छ ।

अदालतको आदेश विपरीत सन्दीपले काठमाडौं उपत्यका छाडेको प्रमाणसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो निवेदनको व्यहोरा विश्वसनीय देखिएमा पनि सन्दीपलाई धरौटीमा छाड्ने आदेश खारेज हुनसक्ने उच्च अदालत पाटनको आदेशमा उल्लेख छ ।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकप विजेता अर्जेन्टिनालाई फिफाले गर्यो ठूलो कारबाही

Sat Jan 14 , 2023
काठमाण्डु। कतार विश्वकप विजेता अर्जेन्टिनालाई फिफाले कारबाही गर्ने घोषणा गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलका क्रममा गरेको अर्जेन्टिनाले देखाएको अपमानजनक व्यवहार र फेयर प्लेको नियम उल्लघंन गरेको आरोपमा अनुशासनको कारबाही गर्ने जनाएको हो। फिफाले अर्जेन्टिनाले केही खेलाडी र अधिकारीहरुले दुर्व्यवहार गरेको उल्लेख छ। अर्जेन्टीनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा […]

You May Like

error: