धरौटी तिरेर रिहा भएपछी पहिलोपल्ट मिडियामा बोले सन्दिप लामिछाने, दिए भावुक बयान

काठमाडौं ।

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै पत्रकारहरुसँग कुरा गर्दै उनले छिटै खेलमा फर्किने बताएका हुन् ।

उच्च अदालत पाटनले २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै उनी धराैटी तिरेर तारेखमा रिहा भएका छन् ।

केन्द्रीय कारागारबाट निस्कने क्रममा उनका समर्थकहरुले घेरेका थिए । कारागारबाहिर सन्दीपलाई कुरिरहेका समर्थकहरुले सन्दीपलाई बोल्न आग्रह गरेका थिए । सन्दीपसँगै साथमा रहेको कानुन व्यवसायी सरोज घिमिरेले नारा लगाएपछि समर्थकहरुलाई रोक्दै यो कुनै हारजित नभएको बताए ।

उनले भने, ‘ यो जितहार होइन अदालतले यो मुद्धाको बारेमा कुनै पनि टिकाटिप्पणी गर्न कानुन व्यवसायी, सन्दीप र पत्रकारलाई रोकेको छ । यस विषयमा कुनै टिकाटिप्पणी हुने छैन ।

२० लाख धरौटी राखेर सन्दीप बाहिर निस्केका छन् । सन्दीपले एकदुई शब्द मात्र बोल्न चाहेको मैले बुझेको छु । त्यसपछि सन्दीप गाडीमा फर्कन्छ ।’ सन्दीपले समर्थकहरुसँग बोल्नुअघि कानुन व्यवसायीले उनलाई सम्झाएका थिए ।

धेरै हल्ला भएपछि सन्दीपले नै एकछिन एकछिन भन्दै हल्ला शान्त पार्ने कोशिस गरेका थिए । ‘म के भनिराखेको छु एकछिन’ भन्दै समर्थकहरुसँग बोल्न खोजे । उनले अदालतको आदेशलाई सम्मान गर्ने बताए । सन्दीपले समयसँगै सबैकुरा बाहिर आउने बताए ।

सन्दीपले भने,‘ अघिनै हाम्रो वकिल सरोजदाईले भनेजस्तै अदातलबाट जे आदेश भएको म त्यसलाई नै सम्मान गरेर अघि बढिराखेको छु । र यो आदेशलाई सम्मान गर्ने नै छु । जित हार भन्दा पनि न्याय कानुनको तर्फबाट जे आउँछ ।

त्यही अनुसार अघि बढ्नेछु । अहिलेको लागि म आफनो परिवार बाहेक केही सोच्न सकिराखेको छैन । केही समय मलाई मेरो परिवारको साथ चाहिन्छ । तपाईहरुको अपार मायाको लागि एकदमै धेरै धन्यवाद अहिले म धेरै प्रतिक्रिया पनि दिन सक्दिन ।

र दिने हालतमा पनि छैन । र समयसँगै सबैकुरामा सबैको सामु नै आउँछ । धन्यबाद । ’ किशाेरी बलात्कार गरेकाे आराेपमा उनी गत असाेज २० गते पक्राउ परेका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

खेल भावनालाई छाडेर मैदानमै भिडे खेलाडी !

Fri Jan 13 , 2023
काठमाडौँ । स्पेनिस ला लिगाको बार्सिलोना र एट्लेटिको मड्रिडबीच आइतबार राति भएको खेलमा फुटबल बाहेकको कुस्तीको दृश्य पनि देखिएको थियो । बार्सिलोनाका फेरान टोरेस र एट्लेटिको म्याड्रिडका स्टेफान साभिकले बल समाउनको लागि भिड्दा बार्सिलोना १-० को अग्रता लिएर जितको बाटोमा अघि बढेको खेल पूर्ण जोशमा थियो। यो देखेर दुवैले एकअर्कासँग […]

You May Like

error: