काठमाडौं ।
सहिद स्मारक ‘ए’ डिभिजन क्लब संकटाले मिडफिल्डर मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।संकटाले बिहीबार सामाजिक संजालबाट मनिसलाई अनुबन्ध गरिएको जनाएको छ ।
मनिषले अघिल्लो सिजन मछिन्द्र फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि संकटाले मनिषलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । यस अघि संकटाले राष्ट्रिय टिमका सुनिल बल, आयुष घलानसहित डिफेन्डर गौतम श्रेष्ठ, निशान खड्का, मिडफिल्डर सुरज जिउ ठकुरी र गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।
यता फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेइन पीएसजीले तालिकामा ६ अंकको अग्रता लिएको हो ।आज विहान सकिएको खेलमा पीएसजीले पुछारमा रहेको एन्जर्सलाई २–० गोलले पराजित गरेको हो ।
जितसँगै १८ खेलबाट ४७ अंक बनाएको छ ।दोस्रो स्थानमा रहेको लेन्सले आजको खेलमा बराबरी खेल्दै अंक बाँडेपछि त्यसको फाइदा पीएसजीलाई तालिकामा भएको हो ।
पीएसजीलाई जिताउनका लागि ह्युगे एकिटिकेले ५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीको जित पक्का गरे ।
यस्तै, लेन्सले स्टारबर्गसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।लेन्स ४१ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने स्टारबर्ग १९ औं स्थानमा रहेको छ ।
यता म्यानचेस्टर सिटीलाई हराउँदै साउथह्याम्पटनले काराबाओ कप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।बुधबार राति भएको क्वाटरफाइनलमा सिटीलाई २-० गोल अन्तरले हराउँदै साउथह्याम्पटनले अन्तिम चारमा स्थान बनाएको हो ।
साउथ ह्याम्पटनको जितमा सेकोउ मारा र मोउसा जेनेपोले एक एक गोल गरे ।खेलको २३ औं मिनेटमा माराले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको २८ औं मिनेटमा मोउसाले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
अर्को खेलमा नटिङघम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।