सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो, के आयो त आदेश ?

काठमाण्डु।

नेपाली क्रिकेट टिमका तत्कालीन कप्तान सन्दीप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ।

लामिछानले काठमाडौं जिल्ला अदालतको आदेश बदर हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतले उनलाई प्रारम्भिक प्रमाणका आधारमा बलात्कारको आरोपमा थुनामा पठाएको थियो।

लामिछानेको निवेदन न्यायाधीशद्वय धुव्रराज नन्द र रमेश ढकालको इजलासमा पेसी थियो। १८ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीपछि लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो।

उक्त मुद्दामा पूर्पक्षको सुनुवाइ गर्दै जिल्लाले थुनामा पठाएपछि त्यसलाई चुनौती दिँदै लामिछानेले उच्च अदालत पाटनमा मंसिर २९ गते निवेदन दिएका थिए।

सन्दीपलाई उच्चले छाड्ने आदेश दिएमा आजै छुट्नेछन्। तर उनलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिए उनको कारागार बसाई फैसला नहुन्जेल कायमै रहनेछ।

सन्दीपले भदौ ६ गते जबरजस्ती करणी गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। जाहेरी परेको एक महिनापछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले अनुसन्धान सकेपछि कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो।

यता नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका ब्याटर रोहितकुमार पौडेलको ब्याटिङ वरीयता खस्किएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा रोहित एक स्थान झरेका छन् । नयाँ वरीयतामा रोहित ८२ औं स्थानमा छन् ।

बलिङतर्फ सन्दीप लामिछानेले ४३ औं स्थानमा यथावत रहेका छन् ।ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।बलिङतर्फ भने न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

मछिन्द्र छाडेर नया क्लबमा आबद्द भए मनिष डाँगी !

Thu Jan 12 , 2023
काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी आसन्न शहीद स्मारक ए डिभिजन लिगका लागि संकटा क्लबमा आवद्ध भएका छन् । उनले पछिल्लो लिग च्याम्पियन टोली मछिन्द्रबाट खेलेका थिए । विहीबार संकटाले आफ्नो फेसबुक पेजमार्फत मनिषलाई अनुबन्ध गरेको जानकारी गराएको हो । मनिषले २०२१ मा पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका […]

You May Like

error: