ओलम्पिक छनोटमा नेपालले बलियो टोली अफगानिस्तानसहित ३ टिमसँग खेल्ने

काठमाडौं ।

फ्रान्सको पेरिसमा २०२४ मा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ ।एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘सी’ मा परेको हो ।

नेपालको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ ।पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ ।

पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् ।

यता फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेइन पीएसजीले तालिकामा ६ अंकको अग्रता लिएको हो ।आज विहान सकिएको खेलमा पीएसजीले पुछारमा रहेको एन्जर्सलाई २–० गोलले पराजित गरेको हो ।

जितसँगै १८ खेलबाट ४७ अंक बनाएको छ ।दोस्रो स्थानमा रहेको लेन्सले आजको खेलमा बराबरी खेल्दै अंक बाँडेपछि त्यसको फाइदा पीएसजीलाई तालिकामा भएको हो ।

पीएसजीलाई जिताउनका लागि ह्युगे एकिटिकेले ५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीको जित पक्का गरे ।

यस्तै, लेन्सले स्टारबर्गसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।लेन्स ४१ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने स्टारबर्ग १९ औं स्थानमा रहेको छ ।

यता म्यानचेस्टर सिटीलाई हराउँदै साउथह्याम्पटनले काराबाओ कप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।बुधबार राति भएको क्वाटरफाइनलमा सिटीलाई २-० गोल अन्तरले हराउँदै साउथह्याम्पटनले अन्तिम चारमा स्थान बनाएको हो ।

साउथ ह्याम्पटनको जितमा सेकोउ मारा र मोउसा जेनेपोले एक एक गोल गरे ।खेलको २३ औं मिनेटमा माराले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको २८ औं मिनेटमा मोउसाले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

अर्को खेलमा नटिङघम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

जेरोम रोथेनले एम्बाप्पेलाई दिए ठूलो झड्का!

Thu Jan 12 , 2023
काठमाण्डु। ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि केलियन एमबाप्पेले फ्रान्सको आर्मब्यान्डको जिम्मेवारी सम्हाल्ने अनुमान गरिएको छ । कम उमेरमै एम्बाप्पेले फ्रान्सको कप्तानको जिम्मेवारी लिने धेरैको अनुमान छ। यद्यपि, उनी कप्तान सामग्री हुन् कि होइनन् भन्ने कुरामा भने सबै सहमत छैनन्। यति बेला एम्बाप्पे कप्तान बन्न लायक छन् कि छैनन् भन्ने […]

You May Like

error: