काठमाडौँ ।
आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा दिएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा परेको यो रिट तेस्रो नम्बरमा परेको छ ।
सन्दीपको बेरित आदेश बदर गरिपाउँ भनेर गत मंसिर २९ गते उच्च अदालतमा रिट दायर गरेका थिए । यसबीचमा पटक पटक पेशी तोकिए पनि कहिले हेर्न नभ्याइने त कहिले स्थगित हुँदै आएको छ ।
सुनुवाइपछि इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटी रिहा गर्ने भन्ने आदेश गर्नेछ । सन्दीप र सरकारी वकिल दुवै पक्षबाट बहस हुनेछ ।
यो पनि : विवादास्पद टी-२० लिगले घटेको क्रिकेट क्रेज
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा मात्र होइन, घरेलु स्तरका प्रतियोगितामा पनि दर्शकको उपस्थिति गज्जबको हुन्थ्यो । तर विदेशी खेलाडी समेत सहभागी भएको नेपाल टी-२० लिगमा भने दर्शकको रोजाईमा परेन ।
मैदानमा पुगेका दर्शकले पनि नेपाल क्रिकेट संघ क्यानको विरोधमा नारा लगाए । क्यानका पदाधिकारीलाई गाली गरे । प्रतियोतिगा अयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिने निर्णय नै विवादमा परको थियो ।
अझ पछि त प्रतियोगितामा नै फिक्सिङ र बेटिङ भएको भन्ने आरोप लागेपछि क्यान समर्थकको निसानामा परेको थियो र प्रतियोगिताले समर्थक गुमाएको थियो ।
कीर्तिपुरमा समर्थकको साथ नपाउनुलाई उपविजेता टिमका कप्तान रोहित विवादलाई नै कारण मान्छन् । ‘हामीले पछिल्लो समय राम्रो गर्न सकिरहेका छैनौं । जसका काण समर्थकहरु घट्नु भएको छ,’ उनले भने, ‘तर हामीले राम्रो खेल्न थालेपछि फेरी हामीलाई समर्थन गर्न आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।’
नेपाली क्रिकेटलाई माया गर्ने दर्शक घट्नुको कारण प्रदर्शन नै रहेको लुम्बिनी अलस्टार्सका कप्तान तथा नेपाली राष्ट्रिय टिमका खेलाडी दिपेन्द्र सिंह ऐरी पनि बताउँछन् । भन्छन्, ‘यो प्रतियोगिताभर दर्शकको उपस्थिति थिएन ।
तर फाइनलमा अलिकति आउनुभयो । नेपालको क्रिकेटले अहिले राम्रो गरिरहेका थिएन, अब राम्रो गर्छ । हामीले राम्रो गरे हाम्रो दर्शक गुम्ने डर छैन ।’ निराशाकै बीच क्रिकेट हेर्न मैदान पुगेका क्रिकेट समर्थक अब्दुल मियाँ खेलाडीबीचको गुटबन्दीले विग्रिएको ठान्छन् ।
‘नेपाली क्रिकेटमा खेलाडीको गुटबन्दीले क्रिकेट बिग्रिएको हो,’ उनले भने, ‘जो पनि प्रशिक्षक आउँछ, यसो टाइमपास गर्छ अनि जान्छ । विकास भन्दा पनि चरम लापरबाहीले अहिले खासै क्रिकेट हेर्न मन लाग्दैन ।’