न्युजिल्यान्डविरुद्ध घरेलु टोली पाकिस्तानले बेहोर्यो लज्जास्पद हार

काठमाडौं ।

तीन खेलको एकदिवसीय शृंखलाका लागि पाकिस्तान भ्रमणमा आएको न्युजिल्यान्डले दोस्रो खेलमा घरेलु टिममाथि ७९ रनको फराकिलो जित निकालेको छ ।

कराँचीस्थित नेसनल रंगशालामा भएको खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ४३ ओभरमा १८२ रनमै समेटियो ।

पाकिस्तानका कप्तान बाबर आजमले ७९ रन बनाए । मोहम्मद रिजवानले २८, आघा सलमानले २५, उस्मान मिरले १२ रन जोड्दा मोहम्मद वसिम र हरिस सोहिलले समान १० रन थपे ।

पाकिस्तानलाई सस्तैमा समेट्न न्युजिल्यान्डका टिम साउदी र इश सोधीले समान दुई विकेट लिए । लकी फर्गुसन, मिचेल स्यान्टनर, मिचलेल ब्रासवेल र ग्लेन फिलिप्सले एक/एक विकेट झारे ।

यसअघि, टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्ड टोलीले ४९.५ ओभरमा सबै विकेट गुमाउनुअघि २६१ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर डेविड कोन्वेले सर्वाधिक १०१ रन बनाएका थिए ।

कोन्वेले ९२ बलमा १३ चौका एक छक्का प्रहार गरे । कप्तान केन विलियम्सनले ८५ रन जोड्दा मिचेल स्यान्टनरले ३७ रनको योगदान गरे । पाकिस्तानका मोहम्मद नवाजले चार विकेट लिए ।

नसिम साहले तीन विकेट लिँदा हरिस रौफ र उस्मान मिरको नाममा समान एक विकेट रह्यो । यो जितसँगै न्युजिल्यान्डले एकदिवसीय शृंखला १–१ को बराबरीमा ल्याएको छ ।

शृंखलाको पहिलो खेलमा न्युजिल्यान्ड ६ विकेटले पराजित भएको थियो । यी दुई टिमबीचको अन्तिम तथा शृंखलाको निर्णायक खेल भोलि (शुक्रबार) हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

क्रिकेटर सन्दीप लामिछानेको सुनुवाई आज !

Thu Jan 12 , 2023
काठमाडौँ । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा दिएको रिटमाथि आज सुनुवाइ हुँदैछ । उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा परेको यो रिट तेस्रो नम्बरमा परेको छ । सन्दीपको बेरित आदेश बदर गरिपाउँ भनेर गत मंसिर २९ गते उच्च […]

You May Like

error: