पाकिस्तानमाथि न्युजिल्यान्डको विशाल जित,यी खेलाडीले गरे चौका छक्काको वर्षा

काठमाण्डाै ।

घरेलु टोली पाकिस्तानसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डले विशाल जित हासिल गरेको छ।हिजो भएको दोस्रो  खेलमा पाकिस्तानमाथि ७९ रनले विजयी भएको छ ।

न्युजिल्यान्डले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा अलआउट हुँदै १ सय ८२ रन मात्रै बनाउन सक्यो ।पाकिस्तानका कप्तान बाबर आजामले ७९ तथा मोहम्मद रिजवानले २८ रन बनाए ।

न्युजिल्यान्डका टिम साउथी र ईश सोधीले २/२ विकेट लिए । कराचीमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६१ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि देवन कनवेले १ सय १ र कप्तान केन विलियम्सनले ८५ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले ४ र नसीम शाहले ३ विकेट लिए । जितसँगै तीन खेलको शृङ्खला एक/एकको बराबरी भएको छ । पहिलो खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल भोलि हुनेछ

सम्बाददाता

Leave a Reply

Next Post

नेयमार पनि रोनाल्डो सँगै खाडी मुलुक साउदी जाने!

Thu Jan 12 , 2023
काठमाण्डु। साउदी अरेबियाका आयोजकले आगामी खेलको लागि विशेष टिकट जारी गरेका छन् जसले मध्य पूर्वमा लामो समयदेखिका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो विरुद्ध लियोनल मेस्सीको खेल हेर्न सक्नेछन्। विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । […]

You May Like

error: