काठमाण्डु।
एल नेसिओनलका अनुसार केलियन एमबाप्पेले आफू पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग खुसी नभएको स्पष्ट पारेका छन् । फरवार्ड क्रिस्टोफ गाल्टियरसँग असन्तुष्ट छन् र उनले क्लबका अध्यक्ष नासेर अल-खेलाफीलाई मुख्य प्रशिक्षक परिवर्तन गर्न आग्रह गरेका छन्।
एम्बाप्पेले क्लब अध्यक्षलाई वर्तमान प्रशिक्षलाई हटाएर फ्रेन्च लेजेण्ड जिनेदिन जिदानलाई क्लबको जिम्मेवारी दिन आग्रह गरेको स्पेनिस मिडिया एल नेसिओनलकाले जनाएको छ। एम्बाप्पेले आफ्नो डिमाण्ड क्लबलाई स्पष्ट रुपमा जानकारी गराएको बताइएको छ।
केलियन एमबाप्पे जुन २०२२ मा पेरिसियनहरूसँगको सम्झौता समाप्त भएपछि रियल म्याड्रिडमा आउने अपेक्षा गरिएको थियो। यद्यपि, उनले पेरिसमै बस्न रोजे र पीएसजीसँग तीन वर्षको सम्झौता गरे।
सन् २०२५ सम्मका लागि सम्झौता गरेको भएपछि एम्बाप्पेले त्यस अगाडी नै सन् २०२५ अगाडी पिएसजी छाड्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। एम्बाप्पे विभिन्न कारणले गर्दा पिएसजीमा असन्तुष्ट रहेको चर्चा छ।
एम्बाप्पेले क्लबमा विभिन्न कुराहरुलाई लिएर सन्तुष्ट हुन सकिरहेका छैनन्। एम्बाप्पेले क्लब समक्ष विभिन्न डिमाण्डहरु राखेको र आफ्ना डिमाण्ड पूरा भए मात्रै क्लबमा रहने योजना बनाएको विभिन्न खेल मिडियाहरु बताउँछन्।
०२१ मा रियल म्याड्रिड छाडेका जिनेदिन जिदानलाई भित्र्याउन सके मात्रै एम्बाप्पे पिएसजीमा रहने एल नेसिओनलले जनाएको छ। जिदान ल्याउन नसकेको खण्डमा भने सिजनको अन्त्यमा उनले क्लब छाड्ने चर्चा गरिन्छ।
जिदानले आफ्नो व्यवस्थापकीय करियरमा तीन पटक युइएफए च्याम्पियन्स लिग पनि जितेका छन् र युरोपियन प्रतियोगितामा उनको अनुभव पीएसजीका लागि ठूलो बोनस हुनेछ।
दुई पटक रियलको जिम्मेवारी सम्हाल्दा जिदानले रियललाई कुल ११ उपाधि जितेका थिए। रियललाई छोटो समयमै सफलता चखाएको कारण पिएसजी जिदान भित्र्याउने लालायित देखिएको हो।
पीएसजी र जिदान बीचको सम्पर्कको कमी भए पनि, क्लब अध्यक्ष नासेर अल-खेलाफीले रणनीतिकारमा आफ्नो नजर राखेका छन्। पेरिसवासीहरूले रियल म्याड्रिडका पूर्व प्रबन्धकलाई भेट्न र पार्क डेस प्रिन्सेसमा आउन राजी गराउने प्रयास गर्ने तयारी गरिरहेको छ।