रोहितले चौकाको र विवेकले छक्काको वर्षा गर्दै काठमाडौंलाई दियो विशाल लक्ष्य

काठमाडौं।

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेट प्रतियोगिता अन्र्तगत एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्स भिड्दैछन् । विराटनगरले काठमाडौंलाई १८३ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनायो । जसमा कप्तान रोहित पौडेलले ४९ बलमा ६ चौका र २ छक्काको सहित ६१ रनको अर्धसतकीय पारी खेले ।यस्तै हुसैन तलतले ३८ रनको योगदान गरे ।

टोलीको स्कोर ५ रन हुँदा २ विकेट गुमेर धर्मराएको पारीलाई पौडेल र हुसैनले सम्हालेका थिए । यि दुबैले ९८ रनको साझेदारी गरे । यसका साथै विवेक यादवले अविजित ४६ र राज नन्ननले २३ रनको योगदान गरे ।

काठमाडौंका अनिल खरेल र कमलसिंह ऐरीले दुई दुई, अभिनाश बोहरा, गौतम केसीले एक एक विकेट लिए ।  आजको एलिमिनेटर खेल जित्ने टोलीले फाइनल प्रवेशका लागि जनकपुर रोयल्ससंग प्रतिस्प्रर्धा गर्नेछ ।

फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर मंगलबार भोलि हुनेछ । यसअघि पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरिसकेको छ ।

फाइनल भिडन्त बुधबार हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पुस ९ गतेदेखि सञ्चालन भएको नेपाल टी २० लिगमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड गरि ६ टिमको सहभागिता रहेको थियो । ।

प्रतियोगिताको विजेता टोलीले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेताले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।

प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । यसका साथै इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

काठमाडौंमाथि विशाल जित हासिल गर्दै विराटनगर दोस्रो क्वालिफायर

Mon Jan 9 , 2023
काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा ईलिमिनेटर खेलमा जित हासिल गरी विराटनगर सुपर किंग्स दोस्रो क्वालिफायर खेल्ने भएको छ ।विराटनगरले काठमाडौंलाई ९९ रनले पराजित गरेको हो । टियु मैदानमा भएको खेलमा विराटनगरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा अलआउट हुँदै ८३ रन […]

You May Like

error: