जेरोम रोथेनले एम्बाप्पेलाई दिए ठूलो झड्का!

काठमाण्डु।

ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि केलियन एमबाप्पेले फ्रान्सको आर्मब्यान्डको जिम्मेवारी सम्हाल्ने अनुमान गरिएको छ । कम उमेरमै एम्बाप्पेले फ्रान्सको कप्तानको जिम्मेवारी लिने धेरैको अनुमान छ। यद्यपि, उनी कप्तान सामग्री हुन् कि होइनन् भन्ने कुरामा भने सबै सहमत छैनन्।

यति बेला एम्बाप्पे कप्तान बन्न लायक छन् कि छैनन् भन्ने बहस छेडिएको छ। यसैबीच पेरिस सेन्ट-जर्मेन र फ्रान्सका पूर्व विङ्गर जेरोम रोथेन एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिन नहुने पक्षमा छन्।

उनका अनुसार एम्बाप्पेलाई अहिले नै कप्तानको जिम्मेवारी दिने समय भइसकेको छैन। एम्बाप्पेसँग फ्रान्सको कप्तानको जिम्मेवारी सम्हाल्न सक्ने क्षमता नै छैन भन्ने रोथेनको भनाई छ।

बाहिर मिडियाका कम बोल्ने र बाहिरी गतिविधिमा कम संलग्न हुने खेलाडीलाई कप्तानको जिम्मेवारी दिइनुपर्ने रोथेनले बताए। आरएमसी स्पोर्टसँग कुराकानी गर्नेक्रममा उनले डेसच्याम्प्सको चाहना अनुरुप चल्न सक्ने क्षमता एम्बाप्पेसँग नरहेको बताउन छुटाएनन्।

“मलाई लाग्दैन कि [डेस्च्याम्प्सले] एमबाप्पेलाई कप्तान बनाउँछन्। एम्बाप्पे धेरै हल्ला गर्छन् र धेरै प्रतिक्रिया दिन्छ दिन्छन्। यो डेस्च्याम्प्सको चाहना विपरित हो।”,रोथेनले कुराकानीका क्रममा भने।

त्यसक्रममा रोथेनले डेस्च्याम्प्स कप्तानमा नियन्त्रण राख्न चाहने बताए। प्रेस सम्मेलनमा आगो बाल्ने भन्दा पनि पानी हाल्ने कप्तान प्रशिक्षकलाई चाहिने उनको भनाई छ। उनका अनुसार एम्बाप्पेले आगो निभाउने भन्दा पनि आगोमा पेट्रोल हाल्ने कम गर्छन्।

उनी भन्छन्,”उनले आफ्नो कप्तानलाई प्रेस सम्मेलनमा आगो बाल्न, त्यसरी आफूलाई व्यक्त गर्न अनुमति दिँदैनन्। जब त्यहाँ आगो छ, प्राय: कप्तानले यसलाई निभाउने प्रयास गर्नुपर्छ। तर एम्बाप्पे आगो निभाउने भन्दा पनि पेट्रोल खन्याउने गर्छन्।”

सम्बाददाता

Leave a Reply

Next Post

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो, के आयो त आदेश ?

Thu Jan 12 , 2023
काठमाण्डु। नेपाली क्रिकेट टिमका तत्कालीन कप्तान सन्दीप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ। लामिछानले काठमाडौं जिल्ला अदालतको आदेश बदर हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतले उनलाई प्रारम्भिक प्रमाणका आधारमा बलात्कारको आरोपमा थुनामा पठाएको थियो। लामिछानेको […]

You May Like

error: