काठमाडौं।
भर्चुअल ब्याटल गेम पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बनेको छ। इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाली टोली दोस्रो हुन सफाल भएको हो। नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ।
यस्तै, अर्को नेपाली टिम टीटुकेले १३औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५०० अमेरिकी डलर जितेको छ। विभिन्न देशका १६ टोली सहभागी भएको च्याम्पियनसिपमा टर्कीको एसटुजी ईस्पोर्टस् विजेता बनेको छ। उक्त टोलीले ५ लाख १० हजार अमेरिकी डलरको पुरस्कार पाएको छ।
जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित ३ दिने फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाईल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका १–१ टोली सहभागि थिए।
यो पनि पढ्नुहोस्:एफए कपमा चेल्सीमाथि सिटीकाे फराकिलाे जित
म्यानचेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।आइतबार राति चेल्सीलाई ४-० गोल अन्तरले हराउँदै सिटीले चौंथो चरणको यात्रा तय गरेको हो ।
सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । जुलियन अल्भारेज र फिल फोडेनले एक एक गोल गरे ।खेलको २८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।खेलको ३० औं मिनेटमा अल्भारेजले पेनाल्टीबाट गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
खेलको ३८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए ।त्यसपछि खेलको ८५ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।