भारतीय क्लबसंग रोनाल्डो भिड्ने पक्का, यस्तो छ पुरा समीकरण

काठमाडौँ ।

विश्वकप जित्ने उनको सपना चकनाचुर भएको केही हप्तापछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोपेली फुटबल क्लब म्यानचेस्टर युनाइटेड छोडेर साउदी अरबको अल–नासरमा आबद्ध भएका छन् ।

अल नासर र रोनाल्डोबीचको सम्झौता अहिलेसम्मकै सबैभन्दा महँगो सम्झौता भएको बताइएको छ । अल–नासरले रोनाल्डोलाई सन् २०२५ सम्म हरेक वर्ष १७.७ करोड पाउन्ड तिर्नेछ ।

मंगलबार रोनाल्डो औपचारिक रूपमा आफ्नो नयाँ क्लबमा सामेल हुँदा उनले युरोपमा धेरै कीर्तिमान बनाएको र अब साउदी अरबमा केही कीर्तिमान बनाउन चाहेको बताए ।

पछिल्लो विश्वकप रोनाल्डोका लागि खास थिएन । पछिल्ला दुई खेलमा उनलाई सुरुमै मैदानबाहिर बस्न बाध्य पारिएको थियो । रोनाल्डोले यो सिजन म्यानचेस्टर युनाइटेडका लागि १६ खेलमा तीन गोल मात्र गरेका थिए, जसमध्ये एउटा पेनाल्टी पनि थियो ।

यसका बाबजुद पनि रोनाल्डो अल–नासरमा सामेल भएकोमा मध्यपूर्वका देशहरूमा ठूलो उत्साह देखिएको छ । अल–नासर क्लबले पनि टिमको जर्सीसहित रोनाल्डोको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेर यो उत्साह देखाएको छ ।

यद्यपि, केही विज्ञहरूले ३७ वर्षीय रोनाल्डोसँग अल–नासरको महँगो सम्झौतालाई साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सुधारवादी नीतिसँग पनि जोडिरहेका छन्, जसको लक्ष्य पश्चिमी देशहरूलाई पछाडि छोडेर साउदी अरबलाई विश्वव्यापी शक्तिको रूपमा स्थापित गर्ने हो ।

क्रिस्टियानो रोनाल्डो आबद्द अल-नासर क्लब एफसी(AFC) च्याम्पियन्स लिग २०२३-२०२४ मा भारतमा खेल्न आउन सक्ने सम्भावना रहेको छ। जसमा क्रिस्टियानो रोनाल्डोले इन्डियन सुपर लिगका क्लबहरूसँग सामना गर्नेछन।

अल-नासर हाल साउदी प्रो लिगमा नम्बर १ मा छ, यदि उनीहरूले लिग जिते भने उनीहरू एएफसी च्याम्पियन्स लिगका लागि योग्य हुनेछन्। र यता इन्डियन सुपर लिग विजेता टोली पनि एएफसी च्याम्पियन्स लिगका लागि छनोट हुन्छ।

भारत र साउदी अरब दुवै पश्चिम क्षेत्रमा छन्। यदि इन्डियन सुपर लिग लिग विजेता र अल-नासर एउटै समूहमा परेका छन् वा नकआउटमा एकअर्काको सामना गरिरहेका छन् भने हामी क्रिस्टियानो रोनाल्डोलाई इन्डियन सुपर लिग टोलीहरू सामना गर्दै वा भारत भ्रमण गरिरहेको देख्न सक्छौं।

सम्बाददाता

Leave a Reply

Next Post

कहिले गर्दैछन् रोनाल्डोले साउदीको क्लबमा डेब्यू?

Sun Jan 8 , 2023
काठमाडौँ । क्रिष्टियानो रोनाल्डोले युरोप छोडेसँगै मध्यपूर्वमा उनको चर्चा उत्कर्षमा छ। साउदी क्लब अल नसरमा कीर्तिमानी मूल्यमा अनुबन्धन भएका रोनाल्डोले कहिले डेब्यू गर्लान् भन्ने समर्थकको प्रतिक्षा भने तत्काल पूरा हुने सम्भावना देखिएको छैन। पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोलाई अल नसरले हजारौँ दर्शकका माझ ३ जनवरीमा सार्वजनिक गरेको थियो। क्लबले […]

You May Like

error: